Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

नरेशको कृषि मोह : विदेश त्यागेर खेतीपातीमा

दोधारा चाँदनी। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ का ३० वर्षीय नरेश खड्का पाँच वर्षअघि विदेश जान काठमाडौँ लाग्नुभयो । रुस जानका लागि राहद...

दोधारा चाँदनी। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ का ३० वर्षीय नरेश खड्का पाँच वर्षअघि विदेश जान काठमाडौँ लाग्नुभयो । रुस जानका लागि राहदानी बनाएर काठमाडौँ पुग्नुभएका उहाँले तीन महिना भाषासमेत सिक्नुभयो । विदेश जान रु १० लाख लाग्ने भएपछि उहाँको परिवारले खर्चको जोहो गर्न सकेन । त्यसपछि उहाँ गाउँ फर्किनुभयो । हाल उहाँ निरन्तर कृषि कर्ममा लागिरहनुभएको छ ।

सेती प्राविधिक शिक्षालय दिपायलबाट २९ महिने कृषि जेटिए पढाइ गर्नुभएका खड्काले अहिले दोधारा चाँदनीको सुन्दरनगरमा आफ्नै र भाडामा जमिन लिएर व्यावसायिकरुपमा कृषिमा लाग्नुभएको छ । उहाँले तरकारी खेती, केरा, भटमास, कागती खेती सँगसँगै माछा र बाख्रापालनसमेत गर्नुभएको छ । उहाँको सात कट्ठा जमिनमा माछा पोखरी छ भने ४० बाख्रा पाल्नुभएको छ । त्यसैगरी एक बिघा जमिन भाडामा लिएर केरा र भटमास खेती गर्नुभएको । बाह्र कट्ठा जमिनमा कागती खेतीको सुरुआत गर्नुभएको छ । भटमास खेती र कागती खेती यसै वर्षदेखि सुरुआत गरेको उहाँले बताउनुभयो ।

सानैदेखि कृषि कर्ममै लाग्ने योजना बनाएका उहाँ केही समय विदेशको चक्करमा लाग्नुभयो । “कृषि जेटिए पढ्ने बेला केही साथीले कृषिमा लाग्ने योजना बनाएका थियौँ”, उहाँले भन्नुभयो, “बीचमा विदेश जाने तयारीमा लागे । तर पैसाको जोहो गर्न नसकेपछि फेरि गाउँ फर्किएर कृषिमा लागे ।”

खड्काले सानैदेखि कृषि पेशा गर्ने इच्छा रहेको भए पनि आर्थिक अभावका कारण सुरुआत गर्न नसकेको बताउनुभयो । “सानैदेखि माटो खेलाउने बानी, माटोसँग माया छ त्यही भएर कृषि कर्ममा लागे”, उहाँले भन्नुभयो, “सबैले यति दुःख किन गर्छस् भन्छन् तर म लागि राखेकै छु । एक दिन पक्कै सफल भइन्छ ।” दोधारा चाँदनीको सुन्दरनगरमा उहाँले एक बिघा जग्गा वार्षिक रु ५० हजार भाडा तिर्ने गरी कृषि कर्म गरिरहनुभएको छ ।

“दुई वर्ष राम्रोसँग तरकारी फलाए । बजारमा बिक्री भएन । कुहिएरै गयो”, उहाँले भन्नुभयो, “तरकारी उत्पादन गरेर खेर जान थालेपछि अन्य खेती सुरु गरेको हुँ ।” कृषि पढ्ने बेला नै योजना बनाएका खड्काका साथी भास्कर पङ्गेनी कपिलवस्तुमा कृषिमै लाग्नुभएको छ । कृषि गर्ने इच्छा हुँदाहुँदै पनि सुरुआत गर्न आर्थिक अभावले समस्या भएको उहाँले बताउनुभयो ।

“कृषि कर्म गर्न घरबाट पनि सहयोग नहुने आफूसँग पनि पैसा भएन । घर परिवारको पनि छोरा कृषिमा लागोस् भन्ने चहना थिएन ।” उहाँले भन्नुभयो, “सहकारीबाट रु २० हजार ऋण लिएर मैले सुरुआत गरेको हँु ।” कृषिमा राम्रो आम्दनी भए पनि विभिन्न समस्याका कारण पलायन हुनुपर्ने अवस्था आउने गरेको खड्काले बताउनुभयो ।

कृषिमा लागेकालाई सरकारीस्तरबाट सहयोग नहुँदा समस्या भएको उहाँको बुझाइ छ । “बजारीकरणको ठूलो चुनौती छ, उत्पादन गरको तरकारी कुहिएर जान्छ ।” उहाँले भन्नुभयो, “नगरपालिकाले चिस्यान केन्द्र स्थापना गरिदिएको भए सहज हुने थियो । हाम्रो उत्पादन त एक महिना पनि जोगाउन सकिँदैन ।”

खड्का सरकारले बजारीकरणमा सहयोग गनुपर्ने बताउनुहुन्छ । कृषिबाट मनग्य आम्दानी गर्न सकिने बताउँदै उहाँले स्थानीय सरकारले कृषिका निम्ति केही गर्न नसकेको गुनासो गर्नुभयो । “पाँच वर्षमा करिब रु १० लाख आम्दानी गरेको छु, कृषिबाट रामै्र आम्दानी हुन्छ ।” उहाँले भन्नुभयो, “स्थानीय सरकारले कृषिलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।”

कृषि व्यवसाय गर्नका लागि शिक्षा आवश्यक भएको खड्काले बताउनुभयो । कुनै पनि ज्ञान बिना व्यवसाय सञ्चालन गरे त्यसबाट राम्रो प्रतिफल नआउने उहाँको भनाइ छ । “एकै व्यवसाय गरेर कृषिमै टिक्न धेरै गाह्रो छ, त्यसैले यस पटकदेखि कागती र भटमास खेती सुरु गरेको छु ।” उहाँले भन्नुभयो, “स्थानीय सरकारले हाटबजारको वा सङ्कलन केन्द्र स्थापना गरेर बजारीकरणमा सहयोग गरे तरकारीमा आत्मनिर्भर बन्न सकिन्छ ।” खड्काले दुई जनालाई रोजगारीसमेत दिनुभएको छ । नेपालमा भनेको बेला कामदार नपाइँदा समस्या हुने गरेको उहाँले बताउनुभयो । “यहाँ कामदार पाइँदैन, भारतबाट ल्याउँदा धेरै खर्च लाग्छ ।” उहाँले भन्नुभयो, “उत्पादनदेखि बजारसम्मका समस्या छन्, तैपनि लागिराखेकै छु ।”

कृषि बालीको बीमाको सुविधा नहुँदा नोक्सानी बेहोर्नुपरेको खड्काले बताउनुभयो । सरकारको कृषि नीति उत्पादनमुखी नभएको उहाँको आरोप छ । बीमामा किसानलाई सुविधा छैन । सरकारले दिने अनुदानमा समेत कागजी प्रक्रिया मिलाउन धेरै सयम लाग्ने गरेको खड्काको गुनासो छ ।रासस


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content