
ओखलढुङ्गा।नेपाल विद्युत् प्राधिकरण ओखलढुङ्गा वितरण केन्द्रले महसुल नतिर्ने ग्राहकबाट १७ लाख भन्दाबढी जरिवाना असुल गरेको छ । केन्द्रले गत आर्थिक बर्ष २०७८/०७९ मा महसुल नतिर्ने ग्राहकबाट १७ लाख १० हजार ८ सय ५७ रुपैयाँ असुल गरेको हो ।
गत आर्थिक वर्षमा विद्युत् महसुल नतिर्ने १ सय १२ जना ग्राहकको विद्युत् लाइन काटेर जरिवाना रकम असुल गरिएको केन्द्र प्रमुख प्रतिस ढकालले बताउनुभयो । केन्द्रले पटक–पटक सूचना जारी गर्दा समेत महसुल तिर्न अटेर गर्ने सेवाग्राहीको लाइन काट्ने र कारबाही गर्ने गरिएको उहाँको भनाई छ ।
जिल्लाका १ सय २६ ग्राहकको घरमा लाइन जोडेबापत १९ लाख ५२ हजार ९ सय ८५ रुपैयाँ रकम सङ्कलन भएको छ ।ग्राहकले समयमै महसुल नबुझाउँदा कार्यालयको आर्थिक गतिविधिमा समस्या हुने र ग्राहक स्वयम् पनि कारबाहीमा पर्ने भएकाले समयमा महसुल तिर्न केन्द्रले आग्रह गरेको छ ।
प्रतिक्रिया