Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

गठबन्धनभित्र सिट बाँडफाँटको समस्या छैन : अध्यक्ष दाहाल

कास्की । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनका दलहरू आसन्न...

कास्की । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनका दलहरू आसन्न प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँटको नजिक पुगेको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले गठबन्धनभित्र सिट बाँडफाँटको विषयमा ठूलो समस्या नरहेको उल्लेख  गर्दै दलहरू समझदारी र सहमतिको नजिक पुगेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “नेताहरूको अन्यत्र कार्यक्रम नपरेको भए हामी हिजो नै टुङ्गोमा पुगिसक्ने थियौँ । कतिपय बेला म उद्योग परिसङ्घको कार्यक्रममा जानुपर्ने, कतिपय बेला माधव नेपालको पर्ने र कतिपय बेला प्रधानमन्त्रीको कार्यक्रम परेका कारण हिजो केन्द्रित भएर लाग्न पाएनौँ । आज ३ बजेपछि शीर्ष नेताको बैठक बसेर टुङ्गोमा पुग्नेछौँ ।”

अध्यक्ष दाहालले विभिन्न जिल्लाबाट आफूलाई आसन्न निर्वाचनमा उम्मेदवार बन्नका लागि आग्रह गरिए पनि चितवनभन्दा बाहिर जाँदा सन्देश राम्रो नजाने भएकाले चितवनबाटै चुनाव लड्ने स्पष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो, “चितवन छाड्दा सन्देश राम्रो हुँदैन, जित्छु भन्नेमा पूर्ण विश्वासमा छु । हुन त म फरक फरक ठाउँबाट चुनाव लडेँ । प्रचण्ड देशभरिका जनताको हो भन्ने सन्देश दिनु थियो । अहिले चितवन छाडेर हिँड्दा डराएर हिँडेको भन्ने हुन्छ । मैले त्यहाँ जित्छु पनि ।”

अध्यक्ष दाहालले नागरिकता विधेयक दोस्रो पटक दुवै सदनबाट पारित भएर गइसकेपछि राष्ट्रपति पारित गर्ने विश्वास व्यक्त गर्नुभयो । “राष्ट्रपतिलाई यताउता गर्ने अधिकार छैन । त्यसकारण हामी आशा गर्छौँ यो पटक राष्ट्रपतिले प्रमाणीकरण गर्नुहुनेछ ।” अध्यक्ष दाहालले भन्नुभयो, “राष्ट्रपतिले दोस्रो पटक प्रमाणीकरण नगर्ने हो भने दुई वटा सम्भावना छ । पहिलो, यो विषय अदालतमा जान्छ । दोस्रो, राष्ट्रपतिले राजीनामा दिनुपर्ने स्थिति आउन सक्छ ।” रासस


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content