Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

लालपुर्जा नपाउँदा सुकुम्बासी समस्यामा

पर्वत । पर्वतको लामाखेतमा बसोबास गर्दै आएका सुकुम्बासीहरूले जग्गा भोगचलन गरेको वर्षौँ हुँदा पनि लालपुर्जा पाउन नसक्दा समस्यामा परेका छन् । ...

पर्वत । पर्वतको लामाखेतमा बसोबास गर्दै आएका सुकुम्बासीहरूले जग्गा भोगचलन गरेको वर्षौँ हुँदा पनि लालपुर्जा पाउन नसक्दा समस्यामा परेका छन् । जलजला गाउँपालिका–४ लामाखेतका उनीहरुले बसोबास गरेको ४० वर्ष हुँदा पनि लालपुर्जा पाउन नसक्दा समस्यामा परेका हुन् । उनीहरु सबै ज्याला र मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका छन् । सुकुम्बासी भएकाले सरकारी सेवा सुविधा पाउन पनि कठिन भएको उनीहरूको गुनासो छ । नजिकै गाउँपालिका केन्द्र भए पनि पालिकाबाट पाउने सेवा सुविधामा समेत विभेद गरिएको उनीहरुको गुनासो छ ।

सुकुम्बासी बस्तीका सुकमाया परियारलाई लालपुर्जा पाइन्छ भन्ने आशा मरिसकेको छ । बस्तीकै मालढुङ्गा–बेनी सडकको छेवैमा एकतले छाप्रोमा बस्दै आउनुभएकी राममाया परियारलाई पनि बासको चिन्ता छ । “सडक विस्तार गर्दा घर जान्छ भनेका छन् आफ्नो अन्त कतै जग्गा–जमिन छैन”, उहाँले भन्नुभयो, “कहाँ बस्ने के खाने दिनभर ज्याला–मजदुरी गरेर कमाएको पैसाले बिहान–बेलुकाको छाक टार्नै धौधौ छ । जमिन छैन, बस्ने बास कसरी बनाउने ।”

“बाउबाजेको पालादेखि यहीँ बसियो, अन्यत्र जाने ठाउँ पनि छैन । वर्षौँदेखि बसे पनि लालपुर्जा नहुँदा समस्या परेको छ”, उहाँले दुखेसो पोख्नुभयो । “लालपुर्जा दिलाइदिन्छौँ भन्नेहरु धेरै आए तर हामीले अहिलेसम्म पाउन सकिरहेका छैनौँ”, उहाँको गुनासो थियो । “चुनावताका पार्टीका नेताहरू आउँछन्, आश्वासन बाँड्छन् तर काम गर्दैनन्” उहाँले दुःखेसो सुनाउनुभयो ।

यहाँ बसोबास गर्ने ३० घरपरिवारको दुःखेसो एउटै छ । सबै जनाको एकतलाको छाप्रोको बास छ । लालपुर्जा नभएकाले घर बनाउन सक्नेले पनि बनाउन पाएका छैनन् । बस्ती तल सडक र माथि सामुदायिक वन छ । सडक विस्तार गर्दा बस्तीलाई असर पुग्ने देखिन्छ भने माथि सामुदायिक वन भएकाले बस्ती विस्तार गर्न समस्या भएको सुकुम्बासी बताउँछन् ।

वर्षौँदेखि बस्दै आएको जमिन आफ्नो नाममा नामसारी नहुँदा सरकारी सेवा सुविधा प्राप्त गर्नबाट समेत बञ्चित हुनुपरेको सीता परियारले गुनासो पोख्नुभयो । “गाउँपालिकाबाट प्राप्त हुने विभिन्न अनुदानका कृषि कार्यक्रममा समेत हामीहरूले पाउँदैनौँ”, उहाँले भन्नुभयो, “ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नुछ ।आजकल काम पनि पाइन छाड्यो, पालिकाले अनुदानमा बाख्रापालन, कुखुरापालनलगायतका कार्यक्रम दिन्छ भन्छन् तर हामीहरूले अहिलेसम्म पाएका छैनौँ ।”

यहाँका सबै जनाले दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्दछन् । गाउँपालिकाको वडा नं ३ मल्लाजको चिउरी पतलाबाट ४० वर्षअघि बसाइँ सरेर लामाखेतस्थित धुलेपाल्सिङ सामुदायिक वन छेवैमा आएर सुकुम्बासी बसेका हुन् । पटक–पटक जग्गा नामसारी गरी लालपुर्जा पाउन माग गरे पनि उनीहरूको माग अझै सुनुवाइ भएको छैन ।

“चुनावताका आउने नेताहरूले लालपुर्जा दिलाइदिने आश्वासन दिन्छन्, जितेर गएपछि फर्किएर आउँदैनन्”, उहाँले भन्नुभयो, “भोट माग्दा मात्र यो बस्तीमा नेताहरू आउँछन् तर हाम्रा समस्या बुझ्न फर्किएर नआउँदा हाम्रो मन दुखेको छ ।” लालपुर्जाको आशमा धेरैपटक कुश्मा पुगेर फारम भरे पनि लालपुर्जा हातमा नपरेको सुकुम्बासीहरूले गुनासो पोखे ।

लामाखेतका सुकुम्बासीहरूको समस्या वर्षौँदेखिको भएको र समाधानको पहल भएको पूर्व वडाध्यक्ष भीष्म मल्लले बताउनुभयो । राष्ट्रिय भूमि आयोगमा सबै कागजात पु¥याएको र पुर्जा पाउने प्रक्रियामा रहेको उहाँको भनाइ छ । राष्ट्रिय भूमि आयोग पर्वतका अध्यक्ष उदय सुवेदीले सबै भूमिहीन, अव्यवस्थित बसोवासी र सुकुम्वासीका आवेदनहरु सङ्कलन भइसकेको अब लालपुर्जा वितरणको प्रक्रियामा रहेको जानकरी दिनुभयो ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content