अजय यादव वियोगी
कलैया ,बारा ।
"बाराको अादर्श कोतवाल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत प्रमोद प्रसाद साहको रजाइँ ,जनप्रतिनिधिहरुको भनाइ
"
जनताको काम गर्ने निकाय अहिले अाफ्नै काम गर्नमा लागि परेका छन्।बाराको पुर्वी भेगमा रहेको अादर्श कोतवाल गाउँपालिकाको कहालीलाग्दो सेवा सुरु भएको छ ।केही दिन देखि बिरामी भएका गाउँपालिका अध्यक्ष जवाहर प्रसाद साह नअाएपछि कर्मचारीहरुले मनपर्दो ढंगले कार्यालय सञ्चालन गर्न थालेका छन् ।काम जस्तोसुकै भए पनि कमिसन अाउनुपर्ने र अाफ्नै व्यक्तिगत स्वार्थ पूरा हुनुपर्ने काम गर्न कर्मचारीहरु व्यस्त रहेका छन् ।बेग्लाबेग्लै ढंगले पालिकाहरु सञ्चालन भईरहेको छ।बाराको १६ पालिका मध्ये भ्रष्टाचारको अखडाको केन्द्र अादर्श कोतवाल गाउँपालिका बन्दै गएका छन् ।अादर्श कोतवाल गाउँपालिकामा एक पछि एक भ्रष्टाचार तथा अनियमितताका घटनाहरु बाहिर अाउन थालेका छन् ।अादर्श कोतवाल गाउँपालिकामा कर्मचारीहरु १२ बजे ढिलो हुदैन र ३ बजे भेट नै हुदैन ।प्रमुख प्रशासकीय अधिकृत प्रमोद प्रसाद साह अाफ्नै धुनमा मस्त भएका कारण यस्तो दुर्दशा भएको अादर्श कोतवाल गाउँपालिका -१ का स्थानीयबासी राघव प्रसाद यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।भ्रष्टाचार तथा अनियमिततामा नाम मुछ्दै अाएका प्रमुख प्रशासकीय अधिकृत प्रमोद प्रसाद साह कार्यालय सञ्चालन गर्नुभन्दा योजना सञ्चालन गरेर कमिसन कमाउने काममा लागि परेकाले समय कहिल्यै कार्यालय नअाउने गरेको स्थानीयबासी यादवले बताउनुभयो ।टेढाकट्टी ,रुपौलिया ,जमुनिया ,चिउटाहा ,कोईलिडिह लगायतका गाउँमा पनि यस्तै लाखौंको काम नै नगराई कागजमै रकम निकालेको पनि हालै सार्वजनिक भएको थियो।अाषाढमा टेढाकटीमा चार टिपर खसाई १० लाख र हरनिया चौकमा पनि ४ टेलर गिटी गिराई ६ लाखको चेक काटेपछि स्थानीयबासीले विरोध गरेका थिए ।तर भ्रष्टाचार तथा अनियमिततामा नाम मुछने गरेका प्रमुख प्रशासकीय अधिकृत प्रमोद प्रसाद साह
विवादैका बिच लेखापाल सुबोध कुशवाहासँग मिली रकम निकालेको पनि खुलेको छ ।प्रमुख प्रशासकीय अधिकृत साह यसपालिको अाषाढको अन्तिममा सयौं यस्ता फर्जी कामको बिल बनाई रकम निकालेको समेत जनप्रतिनिधिहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।अादर्श कोतवाल गाउँपालिका वडा नम्बर -१ मा सुर्य मन्दिरमा ,२५ लाखको रकममा थोरै रकमको काम गराई योजना नै अलपत्र बनाएको स्थानीयबासीले गुनासो गरेका छन् ।अहिले योजना शाखाका प्रमुख बलराम प्रसाद यादव ,प्रशासन शाखाका सुनिलविक्रम थापा ,लेखा अधिकृत सुबोध कुशवाहा ,ज्यालादारीमा काम गरिरहेका ईन्जिनियरद्वय लक्ष्मण रजक र अजित पटेलको डिजाईन र ईशारामा काम नै नभएको योजनाको रकम पास हुने गरेको तथ्य सार्वजनिक भएको छ।स्थायी ईन्जिनियर प्रविण ठाकुरलाई वाईपास गरि भ्रष्टाचार तथा अनियमिततामा नाम मुछ्ने गरेका प्रमुख प्रशासकीय अधिकृत प्रमोद प्रसाद साहले कानुनको खिल्ली समेत उडाएका छन्।स्थायी ईन्जिनियर ठाकुरसँग केही काम नगराई सोझै बिचौलियाका रुपमा राखेका ज्यालादारीमा राखिएका ईन्जिनियरद्वय रजक र पटेलबाट पास गराउने गरेकोले थप अांशका उत्पन्न भएको चिउटाहाका स्थानीय स्थानीयबासी उमेश प्रसाद पटेलले बताउनुभयो ।कर्मचारीहरु डराउदैन किनकि कार्यालय प्रमुख नै अाफ्नै धुनमा मस्त रहेका छन्।ज्यालादारीमा राखिका कर्मचारीहरु अहिले प्रमुख प्रशासकीय अधिकृत साहको खुफिया एजेन्टको काम गरिरहेको खुलेको छ।यता गाउँपालिकाको कार्यालयमा योजना शाखाकै कर्मचारी बलराम प्रसाद यादवले योजनाको सबै फाईल डिलिट भएको बताउनुभयो ।भ्रष्टाचार तथा अनियमिततामा नाम मुछ्दै अाएका प्रमुख प्रशासकीय अधिकृत प्रमोद प्रसाद साह डरले कुनै योजना सार्वजनिक गर्ने हिम्मत गरेका छैनन् ,अादर्श कोतवालका अधिकाँशले योजनाको बारेमा चाँसो लिदाँ अालटाल समेत गर्ने गरेको स्थानीय समाजसेविहरुले बताएका छन्।प्रमुख प्रशासकीय अधिकृत प्रमोद प्रसाद साह गाउँपालिका अध्यक्ष जवाहर प्रसाद साह बिरामी भएर उपचार गराई रहँदा मनपर्दो ढंगले कार्यालय सञ्चालन गर्ने गरेका छन् ।कार्यवाहक गाउँपालिका अध्यक्ष मिरा देवीलाई केही जानकारी दिएका छैनन् ।महिनौं भन्दा बढी भयो बोर्ड बैठक बिना जथाभावी कार्यालय सञ्चालन हुँदा कार्यालयको गतिविधिको बारेमा जानकारी नभएको वडा नम्बर -३ का वडाध्यक्ष शशिभुषण प्रियदर्शी यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।कार्यालय मनपरि ढंगले सञ्चालन हुँदा जनताको काम समयमा नहुने गरेको वडाध्यक्ष यादवले बताउनुभयो। सरकारी गाडीको चरम दुरुपयोग गर्न थालेका छन्।अनियमितता तथा भ्रष्टाचारमा नाम मुछने गरेका प्रमुख प्रशासकीय अधिकृत प्रमोद प्रसाद साहले अादर्श कोतवाल गाउँँपालिकाको ना१झ१६१७ नम्बरको गाडी चरम दुरुपयोग गर्ने गरेको अादर्श कोतवालका स्थानीयबासीले जानकारी दिएका छन्।प्रमुख प्रशासकीय अधिकृत साहले कुनै पत्रकारले मेरो बारेमा समाचार प्रकाशन तथा प्रसारण नगरोस् भनेर नेपाल पत्रकार महाशाखा बारा शाखालाई ३ थान कम्प्युटर पुर्व गाउँपालिका अध्यक्षको कार्यकाल सकिन लागिदा दिएको समेत अादर्श कोतवालका एक जानकारले बताएका छन्।अहिले प्रमुख प्रशासकीय अधिकृत साहले चलाउने गरेको ९८५५०४८८१७/९८४५२५४८९६मा फोन समेत उठाउन छाडेका छन् ।कार्यालय अब अनाथलयको रुपमा परिणत हुन पुगेको छ ।श्री गढीमाई राष्ट्रिय दैनिकका टिमले पटकपटक सम्पर्क गर्न खोज्दा समेत प्रतिक्रिया उपलब्ध हुन सकेको छैन।भ्रष्टाचार तथा अनियमिततामा नाम मुछदै अाएका प्रमुख प्रशासकीय अधिकृत साह अकुत सम्पत्ति कमाएका,जागिर भएपछि करोडौंको घरजग्गा जोडेका ,सार्वजनिक सम्पत्तिको चरम दुरुपयोग गरेका कारण अालोचना हुँदै अाएको छ।पत्रकारले अाफ्नो केही गर्न नसक्ने बताउदै अाएका प्रमुख प्रशासकीय अधिकृत साह अहिले पत्रकारसँग कुराकानी गर्न मान्नेका छैनन्।अादर्श कोतवाल गाउँपालिका मनपर्दो ढंगले सञ्चालन भईरहेको छ।सूचना अधिकारी देखि प्रशासन शाखाका सम्म बेखबर बनेका छन्।कार्यवाहक गाउँपालिका अध्यक्ष मिरा देवीसँग ९८६५४२८९०९मा सम्पर्क गर्न खोज्दापनि प्रतिक्रिया उपलब्ध हुन सकेको छैन ।
प्रतिक्रिया