Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

कैलालीमा रुघाखोकी र ज्वरोको प्रकोप

टीकापुर। कैलालीमा रुघाखोकी र ज्वरोको प्रकोप देखिएको छ । जिल्लाका स्वास्थ्य संस्थामा विगतका तुलनामा बिरामीको सङ्ख्या बढेको पाइएको छ । टीकाप...

टीकापुर। कैलालीमा रुघाखोकी र ज्वरोको प्रकोप देखिएको छ । जिल्लाका स्वास्थ्य संस्थामा विगतका तुलनामा बिरामीको सङ्ख्या बढेको पाइएको छ ।

टीकापुर अस्पताल र टीकापुर नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी बढेका छन् ।

टीकापुरका अरविन्द विकको बच्चालाई रुघाखोकी र ज्वरो आयो । बच्चा बिरामी भएपछि बच्चालाई निको हुन छ दिन लाग्यो । ज्वरो सञ्चो भए पनि खोकी एक साताभन्दा बढी समयसम्म लागिराख्यो । बच्चासँगै बच्चाका आमा, घरका अन्य परिवारलाई पनि यस्तै समस्या भयो । “सबै परिवारलाई बिरामले च्याप्यो, सबैले सामान्य रुघाखोकी र ज्वरोको औषधि सेवन ग¥यौँ, विद्यालय जाने बच्चालाई एक साता विद्यालय पठाएनौँ”, विकले भन्नुभयो, “अहिले हामी ताजा खानेकुरा, सफा उमालेको पानी खाने, गर्मी र धुलोमा नहिँड्ने जस्ता कुरामा सचेत छौँ ।”

टीकापुरस्थित विजयनगर सहरी स्वास्थ्य केन्द्रमा आजभोलि बिरामी दोब्बरले बढेका छन् । स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकीको समस्या भएका बिरामी बढी आउने गरेका र बिरामी भएर आउनेमा परिवारका पूरै सदस्य बिरामी भएकासमेत धेरै रहेका सहरी स्वास्थ्य केन्द्रका इन्चार्ज उषा शाह बताउनुहुन्छ । “विगतका वर्ष यो सिजनमा दैनिक ३५ जनासम्म बिरामी आउनुहुन्थ्यो, यस वर्ष दैनिक ६० जनासम्म बिरामी हेरिरहेका छौँ”, शाह भन्नुहुन्छ, “बिरामी एकै घरका बालबच्चादेखि वृद्धसम्म बिरामी भएर आउनुभएको छ ।”

मनिकापुर सहरी स्वास्थ्य केन्द्रमा पनि आजभोलि बिरामी बढेका छन् । स्वास्थ्यकर्मी कविता खड्का विगतका तुलनामा बिरामी बढी आएका, बिरामीमा कोभिडका लक्षण धेरै मिल्ने गरेका बताउनुहुन्छ । “बिरामी धेरैमा कोभिड–१९ सँग मिल्दा लक्षण छन्, बिरामी अधिकांशमा लक्षण मिल्दा छन्”, खड्का भन्नुहुन्छ, “तर खोप लगाइसकेका छौँ भनेर मानिस ढुक्क छन् । हामीले बिरामीलाई स्वास्थ्य स्याहार गर्न सल्लाह दिइरहेका छौँ ।”

सत्ती सहरी स्वास्थ्य केन्द्रमा समेत यस्तै समस्या भएका बिरामी बढेका स्वास्थ्यकर्मी गोविन्द कठायत बताउनुहुन्छ । “स्वास्थ्य संस्थामा विगतभन्दा दोब्बर बिरामी बढेका छन् । उपचारमा आउने सबैमा रुघाखोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएका छन्”, उहाँले भन्नुभयो, “यस्ता बिरामीलाई धुलोधुवाबाट बच्न, तातोपानी पिउन, सामान्य ज्वरो औषधि प्रयोग गर्न र निको नभए चिकित्सकको सल्लाह लिन सुझाइरहेका छौँ ।”

धनसिंहपुर स्वास्थ्य चौकीमा पनि बर्सात सुरु भएपछि मौसमी रुघाखोकी र ज्वरोका बिरामी बढेका धनसिंहपुर स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक केवलसिंह सार्कीले बताउनुभयो । “बर्सातको समय भएकाले पनि मौसमी रुघाखोकी र ज्वरोका बिरामी बढी आइरहेका छन्”, उहाँले भन्नुभयो ।

टीकापुर अस्पतालका डाक्टर संवाद खरेल आजभोलि बच्चादेखि वृद्धसम्म रुघाखोकी तथा भाइरत ज्वरोसँग मिल्दाजुल्दा लक्षण भएका र र केही स्क्रब टाइफसका लक्षण भएका र स्क्रब टाइफस देखिने बिरामी आउने गरेका बताउनुहुन्छ । “बिरामी बढेका छन्, बच्चादेखि वृद्धसम्मलाई देखिएका समस्या उस्तै उस्तै छन्”, डाक्टर खरेल भन्नुहुन्छ, “कोभिडको शङ्का पनि गर्नुपर्छ । लापरबाही गर्न हुँदैन ।”

डाक्टर खरेल यस्ता खाले समस्या भएका बिरामीका लक्षण कोभिडसँग समेत मिल्ने खालका देखिएकाले खोप लगाइसकेका छौँ भनेर लापरबाही नगर्न, अनिवार्य मास्क लगाउने, नआत्तिने, खानपानमा ध्यान दिन सल्लाह दिनुहुन्छ । कोभिडको जोखिम बढेपछि कैलालीका पालिकाले अनिवार्य मास्क प्रयोग गर्न, शङ्का लागेमा कोभिड परीक्षण र उपचारमा ध्यान दिन आग्रह गरेका छन् ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content