जसपा: बारा जिल्लाको क्षेत्र न. ३ मा प्रतिनिधि सभा सदस्यमा ७ जना र प्रदेश सभा सदस्य "क" मा ६ जना र "ख" मा २ जनाको नाम सिफारिस
सन्दिप यादव
कलैया , बारा
भदौ १२ गते ।
कलैया: जनता समाजवादी पार्टी (जसपा) ले बारा जिल्लाको क्षेत्र न. ३ मा प्रतिनिधि सभा सदस्यमा ७ जान आकांक्षीको नाम सिफारिस गरेको छ । कलैयामा आइतबार बसेको जसपा पार्टी नेपाल , बाराको क्षेत्रीय वैठकले नाम सिफारिस गरेको हो ।
जसपा पार्टी नेपाल , बारा जिल्ला का क्षेत्रीय अध्यक्ष कमलेश मण्डलका अनुसार उम्मेदवार चयनका लागि भएको छलफलमा सहमती जुट्न नसकेपछि आकांक्षी सबैको नाम सिफारिस गर्ने निर्णय भएको हो । प्रतिनिधि सभा सदस्य पदका लागि सिफारिस हुनेमा माननीय उपेन्द्र यादव ( राष्ट्रिय अध्यक्ष जसपा पार्टी नेपाल ), माननीय रामबाबु कुमार यादव , प्रमोद प्रसाद गुप्ता, सुशील यादव
मनिष यादव ,शंकर यादव र सचिता नन्द यादव रहेका छन् ।
यसैगरी वैठकले क्षेत्र न. ३ को "क" मा शिवनाथ पटेल ,भरत खडका , रुपलाल चौधरी, प्रकाश चौगाइ , कमलेश मण्डल हेम राज भट्टराईको नाम सिफारिस गर्ने निर्णय गरेको छ । यसमध्ये रुपलाल चौधरी अघिल्लो निर्वाचनमा संघीय समाजवादी फोरमबाट प्रदेश सभा सदस्य पदका प्रत्याशी उम्मेदवार हुन ।
यसैगरी वैठकले क्षेत्र न. ३ को "ख " मा माननीय पारस प्रसाद साह र दिनेश पटेल को नाम सिफारिस गर्ने निर्णय गरेको छ । यसमध्ये माननीय पारस प्रसाद साह अघिल्लो निर्वाचनमा संघीय समाजवादी फोरमबाट प्रदेश सभा सदस्य पदमा निर्वाचित भएका थिए ।
जसपा पार्टी नेपालका बारा जिल्लाको क्षेत्र न. ३ को क्षेत्रीय अध्यक्ष कमलेश मण्डलको अध्यक्षतामा बसि अगामी हुन गइरहेको संसदिय चुनावका लागि क्षेत्रीय विस्तारित बैठक सम्पन्न भएको छ । प्रमुख अतिथिमा जसपा पार्टी नेपाल का मधेस प्रदेशको सह - इन्चार्ज र केन्द्रीय सदस्य आत्माराम साह को प्रमुख अतिथिमा निर्वाचन क्षेत्र न ३ क र ख बिधान सभा तथा प्रतिनिधि सभा सदस्य पदका लागि आगामी मङ्सिर ४ गते हुने अम निर्वाचन चुनावका लागि उमेदवारका सम्भाबित नाम सिफारिस भएको छ ।
प्रतिक्रिया