Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

ह्याकरको चेतावनीका कारण बेलायतको निर्वाचन प्रभावित

लण्डन। विद्युतीय मतदान यन्त्रलाई ह्याक गरिएको चेतावनी आएपछि बेलायतमा प्रधानमन्त्री चयनका लागि भएको मतदान प्रभावित हुने भएको छ । देशको सरकार...

लण्डन। विद्युतीय मतदान यन्त्रलाई ह्याक गरिएको चेतावनी आएपछि बेलायतमा प्रधानमन्त्री चयनका लागि भएको मतदान प्रभावित हुने भएको छ ।

देशको सरकारी सञ्चार मुख्यालयले नै ह्याकरहरुले मेसिन ह्याक गर्न लागेको चेतावनी आएकाले मतदान प्रभावित हुने भएको जनाएको छ ।

करिब एक लाख ६० हजार टोरी सदस्यका लागि मतपत्रहरू सोमबारदेखि पठाउने कार्यक्रम भएपनि ह्याकरको चेतावनीका कारण ती मतपत्रहरू ढिलोमा अगस्ट ११ सम्ममा पुग्नसक्ने बताइएको छ ।

यसअघि, कन्जरभेटिभ पार्टीका सदस्यहरूलाई पठाइने हुलाकी मतपत्रमा कोड राखि प्रधानमन्त्रीका उम्मेदवार लिज ट्रस र ऋषि सुनकबीच ‘पोस्ट वा अनलाइन’द्वारा चयन गर्न सक्ने व्यवस्था गरिएको थियो ।

मतपत्र ह्याक भएको भन्ने सूचनापछि नेशनल साइबर सेक्युरिटी सेन्टरको सल्लाहअनुसार मतदानको पूर्व योजना परिवर्तन गरिएको छ ।

मंगलबार साँझ एउटा इमेललाई सङ्केत गर्दै बेलायतस्थित एक सञ्चारमाध्यमले अधिकारीलाई उद्धृत गरी लेखेको छ, “तपाईंको मतपत्र अहिले बाटोमा छ, तर यो हामीले सुरुमा भनेभन्दा अलिपछि तपाईँसँग आउनेछ ।

समाचारमा अधिकारीलाई उद्धृत गरि भनिएको छ, “कृपया चिन्ता नगर्नुहोस् । यसो हुनुको कारण के हो भने, हामीले हाम्रो मतपत्र प्रक्रियामा केही थप सुरक्षा प्रावधान थप्न केही समय लिएका छौं, जसले हामीलाई केही ढिला बनाएको छ ।”

पहिलो अनलाइन मतदान प्रणाली अन्तर्गत, साइबर ह्याकरले प्रतिस्पर्धाको अन्त्यतिर अनलाइनबाट धेरै मतपत्रहरूमा संशोधन गर्नसक्ने, साथै, मतपत्रमा देखिने कोड भएमा हुलाकबाट मतदान गर्ने र आफ्नो मतपत्रको तस्वीर अनलाईनमा राख्ने व्यक्तिको विवरण परिवर्तन गर्न सक्ने सम्भावना थियो ।

परिणाम सेप्टेम्बर ५ मा घोषणा गरिनेछ । स्मार्केट्सका अनुसार, ब्रिटिश विदेश सचिव लिज ट्रसले बोरिस जोन्सनलाई बेलायतको पछिल्लो प्रधानमन्त्रीको रूपमा ९०.९१ प्रतिशतले प्रतिस्थापन गर्ने दौडको नेतृत्व गरिरहेका छन् जबकि ऋषि सुनकको प्रधानमन्त्री हुने सम्भावना ९.०९ प्रतिशत पुगेको छ । पार्टी सदस्यहरूले सुनकले बोरिस जोन्सनलाई पदच्युत गर्ने भूमिका खेलेको विश्वास गरेका कारण सुनकप्रतिको समर्थ कम देखिएको छ ।

ट्रसलाई समर्थन गर्ने र उहाँलाई सरकार निर्माण गर्न सघाउन चाहेका टोरी सदस्यहरूमा ज्याकोब रिज–मोग, नाडिन डोरिस र बोरिस जोन्सन रहेका छन् । अर्कोतर्फ, हालैको यू–गोभ सर्वेक्षणअनुसार सुनकलाई समर्थन गर्ने टोरी सदस्यहरूमा टम टुगेन्हाट, माइकल गोभ, साजिद जाविद र जेरेमी हन्ट रहेका छन् ।

सरकारी अधिकारीहरूको राजीनामाको विवादमा जोन्सनलाई जुलाई ७ मा पदबाट हट्न बाध्य गरिएपछि नेतृत्वका लागि दौड सुरु भएको हो । नयाँ टोरी नेता निर्वाचन जितेर नआउँदासम्म कानुनअनुसार जोन्सनले प्रधानमन्त्रीको पदमा रही जिम्मेवारी सम्हालिरहनुहुनेछ ।एएनआई


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content