Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

गोसाइँकुण्डमा १० हजार भक्तजन पुगे

रसुवा। जनैपूर्णिमा पर्वका अवसरमा स्नान तथा पूजाका लागि हजारौँ भक्तजन नीलाद्रि पर्वतमा अवस्थित पवित्र तीर्थ गोसाइँथान पुगेका छन् । जिन्दगीमा...

रसुवा। जनैपूर्णिमा पर्वका अवसरमा स्नान तथा पूजाका लागि हजारौँ भक्तजन नीलाद्रि पर्वतमा अवस्थित पवित्र तीर्थ गोसाइँथान पुगेका छन् । जिन्दगीमा एकपटक भए पनि पुग्नैपर्ने पवित्र तीर्थ भएका कारण पूजाआजा गरेर धर्मप्राप्तिका लागि महिला, पुरूष तथा ज्येष्ठ नागरिकसमेत १० हजार भन्दाबढी भक्तजन गोसाइँथान पुगेका हुन् ।

जनैपूर्णिमा पर्वको पावन अवसरमा रसुवावासी, धादिङ, नुवाकोट, लमजुङ, तनहुँ, कास्की, पर्वत, चितवन, नवलपरासी, मकवानपुर, रौतहट, बागलुङ, ललितपुर, काठमाडौँ, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, ओखलढुङ्गा, सिधुली, झापा, पर्सा, बारा र रामेछाप जिल्लाबाट भक्तजन नीलाद्रि पर्वत पुगेका छन् ।

समुन्द्र मन्थन गर्दा निस्केको कालकूट विष सेवन गरी भगवान् शिवले प्राणी जगत्लाई बचाउनुभएका कारण हरेक मानिस भक्तजनका रूपमा जिन्दगीमा एकपटक भए पनि गोसाइँकुण्ड दर्शन गर्ने चलन रहिआएको छ ।

पौराणिक कथनअनुसार भगवान् शिवले नीलाद्रि पर्वतको पहाडमा त्रिशूली बजारी उत्पन्न गराउनुभएको पवित्र जलले बनेको नीलो दहमा विराजमान रहनुभएको र उक्त दहमा डुबुल्की मारेपछि उकालो जाँदा लागेको थकान सबै समाप्त हुने गरेको अनुभवसमेत भक्तजनमा रहिआएको छ ।

समुन्द्र सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाइमा अवस्थित पवित्र तीर्थमा जाने यात्रुलाई लेक लाग्ने समस्या न्यूनीकरण एवं उपचारका लागि लौरीविनायकमा रसुवा जिल्ला अस्पताल, चौलाङपार्टीमा नेपाली सेना र गोसाइँकुण्डमा हिमालय उद्धार सङ्घबाट खटिएका चिकित्सक समूहले उपचार सेवा गरिरहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिनुभयो ।

कुण्ड गहिरो भएका कारण भक्तजनले स्नान गर्ने क्रममा हुनसक्ने जोखिम न्यूनीकरण गर्न उत्तरी रसुवाको स्याफ्रुबेँसीस्थित श्यामेवाङ्फेल माविका २५ जना जुनियर रेडक्रस सर्कल परिचालित गरिएको छ ।

सुरक्षाका लागि नेपाल प्रहरीका साथै उद्धारका लागि यहाँ कार्यरत नेपाली सेना विष्णुदल गण एवं सशस्त्र प्रहरी २० नम्बर गुल्म रसुवा तैनाथ रहेको अध्यक्ष डिएमले जानकारी दिनुभयो । वातावरणको संरक्षण गर्दै गोसाइँकुण्ड मेला, २०७९ लाई व्यवस्थित र मर्यादित बनाई समग्रमा ८० जनाको जनशक्ति परिचालन भइरहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

विगतका वर्षभन्दा २०७९ को गोसाइँकुण्ड मेला व्यवस्थित भएको उक्त समितिले दाबी गरेको छ । कुण्डको क्षेत्र निरन्तर सफा राख्न यो वर्ष विशेष व्यवस्था मिलाइएको बताइएको छ ।

दक्षिणी रसुवाको बनुवा घुम्ती क्षेत्रमा पहिराका कारण सडक मार्ग क्षति भए तापनि स्थानीय नागरिकको सुझाव, प्राविधिकको परामर्शमा प्रमुख जिल्ला अधिकारी एवं गोसाइँकुण्ड क्षेत्र विकास समितिका संरक्षक नवराज जैसीको स्थलगत निरीक्षणले समयमै वैकल्पिक मार्ग तय गरिएका कारण धार्मिक यात्रु सहजरूपले गोसाइँकुण्ड प्रस्थान गरेका थिए । धुञ्चेमा ट्राफिक व्यवस्थापनका कार्य राम्रो भएको प्रतिक्रिया दिँदै तीर्थ यात्रु अच्युत तिम्सिनाले भने ट्राफिक व्यवस्थापन र सुरक्षा व्यवस्था राम्रो भएको बताउनुभयो ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content