स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

बहिनीसँग बोलेकै निहुँमा हत्या, बोलबमको भेषमा शवलाई सीमा कटाए

SHARE:

२९ साउन, वीरगञ्ज । बारा विश्रामपुर गाउँपालिका–५ ईटियाहीका २३ वर्षीय राजकुमार ठाकुर वीरगञ्जमा ट्युसन पढ्ने गर्थे । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ईटियाहीमा कक्षा ९ मा अध्ययनरत उनी २ महिनादेखि विदाको दिन बाहेक बिहानसाइकलमा वीरगञ्ज जान्थे । वीरगञ्ज–१६ स्थित श्रवण कोचिङ सेन्टरमा ट्युसन पढेर फर्कन्थे ।

साउन २४ गते बिहान पनि उनी घरबाट ट्युसन पढ्न भनी निस्किए । तर उनी फर्किएनन् ।

राजकुमारका बुवा मोतिलाल वीरगञ्ज–८ लिंक रोडमा सैलुन सञ्चालन गर्छन् । बिहानै पसलमा आउने उनी साँझ मात्र घर फर्किन्छन् । साउन २४ गते बिहान ट्युसन पढ्न गएको छोरा घर नफर्किएपछि उनीहरुले आफन्त र छोराको साथीभाइसँग सोधपुछ गरे ।

संभावित ठाउँमा खोजी गर्दा पनि नभेटिएपछि खोजतलासका लागि प्रहरीलाई अनुरोध गरे । प्रहरीले नगवा क्षेत्रबाट हराएको हुन सक्ने आशंकामा सीसीटीभी क्यामेराका फुटेजहरु खोज्यो । नभन्दै सीसीटीभी फुटेजले अनुसन्धानका लागि बाटो देखायो ।

प्रहरीका अनुसार राजकुमार बिहान बिहान ९ः२० बजे कोचिङ सेन्टरबाट निस्किएका थिए । घर जान लागेका उनलाई दुई जनाले टेलरतिर लगेको पत्ता लाग्यो ।

राजकुमारलाई ईटीयाहीकै ३० वर्षीय प्रितम पटेल र उनका भाइ २८ वर्षका उत्तम पटेलले वीरगञ्जको नगवामा रहेको आफ्नो टेलरमा लगेका थिए । उनीहरुले वीरगञ्ज– १६ नगवामा उत्तम टेलर्स सञ्चालन गर्दै आएका छन् ।

तारले घाँटी कसेर हत्या

प्रहरीका अनुसार उनीहरुले टेलरमै कुटपीटपछि विद्युतको तारले घाँटी कसेर राजकुमारको हत्या गरेको दुबैको बयान छ ।

हत्यापछि कपडाका टुक्राहरुसहित प्लाष्टिकको बोरामा शव पोको पारे । उत्तम र प्रितम पटेलले बोलबम (बाबाधाम) जाने रातो ड्रेस लगाए । उत्तमले ना ३८ प ४३९५ नम्बरको मोटरसाइकल चलाए । बीचमा शव हालेको बोरा राखेर प्रितमले समाते । बाइपास सडक हुँदै वीरगञ्ज भन्सार कार्यालय अगाडिको सडक हुँदै भारत रक्सौलको रेल्वे स्टेशनमा पुगे । त्यहाँ उनीहरुले मुज्जफरपुर जाने ट्रेनको शौचालय छेउको खाली ठाउँमा शव छोडेर फर्किए ।

मुख्य सडक हुँदै शव भारत पुर्‍याउँदा प्रहरीले चाल पाएन । जबकी रक्सौलबाट वीरगञ्ज आउँदा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालय समेतले गरेर पाँच ठाउँमा चेक गरिन्छ ।

साउन २७ गते साँझ ५ बजे भारत बिहार भागलपुर जिल्लाको नौगछियास्थित रेल्वे स्टेशनमा ट्रेन सफा गर्ने क्रममा शव भेटियो । नौगछिया भागलपुर रेल्वे स्टेशनदेखि ३० किलोमिटर पूर्वमा पर्छ । वेवारिसे शव भेटिएपछि भारतीय प्रहरीले मृतकको पहिचानका लागि नेपाल प्रहरीसँग पनि समन्वय गर्‍यो । उसले पोष्टमार्टम लगायत अन्य अनुसन्धानको प्रक्रिया अघि बढायो । त्यसबारे जानकारी पाएपछि साउन २८ गते नेपाल प्रहरी र मृतकका आफन्त पुगेर मृतकको पहिचान गरेर शव बुझेर ल्याएका छन् । शव नारायणी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । ‘सुनियोजित तरिकाले हत्या भएको देखिन्छ, हत्यापछि बाबाधाम जाने लुगा लगाएर शव सीमा पारी पुर्‍याएर मुज्जफरपुर जाने ट्रेनमा छोडिएको रहेछ । भारतीय प्रहरीसँगको समन्वयमा भागलपुरबाट शव ल्याइसकेका छौं’ उनले भने, ‘जघन्य प्रकृतिको घटना भएकोले गम्भिर ढंगले अनुसन्धान गरिरहेका छौं ।’

छोरीसँग नजिकिनेलाई भौतिक कारबाही

पक्राउ परेका पटेल परिवारले यसअघि पनि गाउँका केहि युवकलाई कुटपीट गरेको रहस्य बाहिरिएको छ । आइतबार हत्यामा संलग्न व्यक्तिहरुलाई कडा कारबाहीको माग राखेर वीरगञ्जमा प्रदर्शन भयो । जिल्ला प्रहरी कार्यालय घेराउ गर्न आएका स्थानीयलाई प्रहरीले मुख्य सडकमै रोकेको थियो ।

प्रदर्शनमा सहभागीहरू ।

त्यही प्रदर्शनमा सहभागी भएकाहरुले पटेल परिवारले यसअघि पनि गाउँका युवकहरुलाई कुटपीट गरेको बताएका छन् । स्थानीय राम कुमारी पासवानले उनीहरुले परिवारले आफ्नो छोरालाई पनि निर्घात कुटपीट गरेको आरोप लगाइन् । ‘छेउको किराना पसलमा सामान किन्न मेरो छोराले हर्न बजाएको थियो । उनीहरुको छोरीलाई जिस्काएको भनेर हतौडीले हानेर निर्घात कुटपीट गरे,’ उनले भनिन् ।

१६ वर्षकी बहिनीसँग प्रेम सम्बन्धमा रहेको आशंकामा पटेल दाजुभाइले राजकुमारको हत्या गरेको प्रारम्भिक बयानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले बताए । उनी भन्छन्, ‘अभियुक्तहरुको बहिनीसँग मृतकको बोलचाल हुने गरेको रहेछ । प्रेम सम्बन्धको आशंकामा सोधपुछ गर्ने क्रममा हत्या गरेका रहेछन् ।’

४ जना विरुद्ध किटानी जाहेर

प्रहरीले दुई दाजुभाइलाई मात्र पक्राउ गरे पनि मृतकका बुवा मोतिलाल ठाकुरले भने हत्यामा ४ जनाको संलग्नता रहेको भनी अपहरण तथा शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दामा किटानी जाहेरी दिएका छन् ।
३५ वर्षीय पुरुषोत्तम पटेल र बुवा ६५ वर्षीय कृष्ण राउत कुर्मीको पनि घटनामा संलग्नता रहेको उनको दाबी छ ।

बोलचाल गरेकै निहुँमा आफ्नो छोराको हत्या भएको मृतकका बुवा मोतिलालले बताए ।

‘कृष्ण राउत कुर्मीको छोरी र मेरो छोरा एउटै विद्यालयको कक्षा ९ मा पढ्थे । कक्षा साथी भएकाले बेलाबखत कुरा हुने गरेको थियो,’ उनले भने, ‘त्यसैको निहुँमा मेरो छोराको हत्या भएको छ । हत्या गर्नेहरुलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ ।’


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: बहिनीसँग बोलेकै निहुँमा हत्या, बोलबमको भेषमा शवलाई सीमा कटाए
बहिनीसँग बोलेकै निहुँमा हत्या, बोलबमको भेषमा शवलाई सीमा कटाए
https://www.onlinekhabar.com/wp-content/uploads/2022/08/Birgunj_Protest.jpg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/08/blog-post_14.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/08/blog-post_14.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content