जुम्ला । जुम्लामा जीप दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । आइतबार बिहान जिल्लाको कनकासुन्दरी गाउँपालिका–१ बुलबुलेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताउनु भयो ।मृत्यु हुनेमा रारा छायाँनाथ नगरपालिका मुगुका दिपक तिरुवा रहेका छन् ।
सुर्खेतबाट मुगुका लागि छुटेको लु १ ज ३७३४ नम्बरको जीपको बेक्र फेल भएपछि दुर्घटना भएको डिएसपी चन्दको भनाई छ ।
दुर्घटनामा घाइते हुनुभएका गाडी चालक दल बहादुर बुढाको अवस्था पनि गम्भीर रहेको उहाँले जानकारी दिनुभयो । बुढाको थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने तयारी भइरहेको छ ।
गाडीमा चालक सहित ६ जना सवार थिए । अन्यको अवस्था भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया