काठमाडौँ।गृहमन्त्री बालकृष्ण खाणले अवरुद्ध दाङको घोराहीबाट रोल्पाको हाेलेरी जोड्ने सडक थप जनशक्ति र साधन प्रयोग गरेर खुलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
गृहमन्त्री खाणले दाङका निमित्त प्रमुख जिल्ला अधिकारी सावित्रा पुन र जिल्ला प्रहरी कार्यालयका प्रमुख उपरीक्षक सुरेश काफ्लेलाई टेलिफोन गरेर अवरुद्ध सडक यथाशक्य खुलाउने व्यवस्था गर्न निर्देशन दिनुभएको हाे ।
घोराही हाेलेरी सडकको घोराही उपमहानगरपालिका वडा नम्बर १३ मा पर्ने बगाले भन्ने स्थानमा माथिबाट लेदाे माटोसहितको पहिरो खसेपछि गयरातिबाट अवरुद्ध रहेको निमित्त प्रजिअ पुनले जानकारी दिनुभयो । बिहानैदेखि प्रहरी, सडक विभाग र स्थानीय मिलेर पहिरो हटाउने काम गरिरहेको उहाँले बताउनुभयो ।
अहिले मोटरसाइकल क्रस हुन थालिसकेको र दुई घण्टासम्म खुलाइसक्नेगरी काम भइरहेको पहिरो स्थलमा पुग्नु भएकी पुनले जानकारी दिनुभयो ।
प्रतिक्रिया