दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासका लागि आफूले मिसनको राजनीति गरेको बताउनुभएको छ ।
नेपाली कांग्रेस व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको कार्यक्रममा उहाँले देश विकासको मुख्य एजेन्डा लिएर नै आफूले राजनीति गर्दै आएको बताउनुभयो ।
गाउँमै रोजगारी र गाउँमै आम्दानी बढाउने मुख्य लक्ष्य अझै पनि पूरा हुन नसकेकाले मानिस सहरतिर विस्थापित भइरहेका तर गाउँमै रोजगारीको वातावरण सिर्जना गर्न सके मानिस गाउँमै बस्नेमा वरिष्ठ नेता पौडेलले जोड दिनुभयो ।
कार्यक्रममा तनहुँ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष इमकुमार मल्लले काँग्रेसलाई अप्ठ्यारो परेको बेला मात्र व्यवसायी खोजी गर्ने परम्परा अन्त्य गर्नुपर्ने सुझाव दिनुभयो ।
रासस
प्रतिक्रिया