मकवानपुर । मकवानपुर जिल्लाको आठौँ जिल्ला सभा आगामी साउन २५ गते आयोजना हुने भएको छ ।
जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको आइतबार बसेको ८९ औँ बोर्ड बैठकले आठौँ जिल्ला सभा आगामी साउन २५ गते आयोजना गर्ने निर्णय गरेको हो ।

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख ललित बहादुर घलानको अध्यक्षतामा बसेको बैठकले आगामी साउन २५ गते जिल्ला सभा आयोजना गर्ने निर्णय गरेको हो ।
बैठकले साउन २५ गते आयोजना हुने जिल्ला सभाको तयारी गर्न कार्यालयलाई जिम्मेवारी दिने निर्णय गरेको प्रमुख घलानले बताउनुभयो । जिससको वार्षिक कार्यक्रम अन्तर्गत जिल्ला सभा आयोजना गर्न लागिएको प्रमुख घलानले जानकारी दिनुभयो ।
प्रतिक्रिया