स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

कर्णालीमा मुद्दा फर्छ्योट प्रगति उत्कृष्ट छः मुख्य न्यायाधीश

SHARE:

 कर्णाली।  उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश शेषराज सिवाकोटीले कर्णालीमा मुद्दा फर्छ्योट प्रगति उत्कृष्ट रहेको बताउनुभएको छ । 

उच्च अदालत सुर्खेतद्वारा शुक्रबार आयोजित चालु आव २०७८÷०७९ को वार्षिक समीक्षा कार्यक्रममा मुख्य न्यायाधीश सिवाकोटीले तल्लो कर्णालीका पाँच जिल्लाको मुद्दा फर्छ्योट प्रगति हेर्दा लक्ष्यभन्दा माथि नै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले जनतालाई न्यायको अनुभूति दिलाउने हो । हामीले त्यसैमा दत्तचित्त भएर लाग्नुपर्दछ ।” 

उच्च अदालत सुर्खेतका वरिष्ठ न्यायाधीश माधवप्रसाद पोखरेलले सर्वोच्चको पञ्चवर्षीय रणनीति मुताविक कार्ययोजना बनाएर अघि बढिएको बताउनुभयो । उहाँले उच्च अदालत सुर्खेतले लक्ष्यभन्दा १७१ प्रतिशत प्रगति गरेको र तल्लो कर्णालीमा पाँच जिल्लाको मुद्दा फर्छ्योट प्रगति पनि अपेक्षाकृत भएको जनाउनुभयो । 

उच्चकै न्यायाधीशद्वय पुनसिंह चन्द र लेखनाथ ढकालले पञ्चवर्षीय रणनीतिक योजनाअनुरूप बनाइएको  लक्ष्य र उद्देश्य पूरा गर्न भोग्नुपरेका समस्या, चुनौती र भावी बाटो के भन्ने कुराको अनुभव अनुभूति आदानप्रदान गर्न वार्षिक समीक्षाले सहयोग पु¥याउने धारणा राख्नुभयो ।

कर्णाली प्रदेश सरकारका मुख्यन्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठ कर्णालीमा न्यायाधीशहरुले लक्ष्यमा अग्रसर भएर जनतामाझ न्याय दिएको भन्दै कृतज्ञता प्रकट गर्नुभयो । पाँच जिल्लाका न्यायाधीशहरूको प्रतिनिधित्व गर्दै सुर्खेत जिल्ला अदालत सुर्खेतका न्यायाधीश डा राजेन्द्रप्रसाद आचार्यले मुद्दा फर्छ्योट हुनुमा सहायक तत्त्व र हुन नसक्नुमा कारक तत्त्वले काम गरेको टिप्पणी गर्नुभयो । 

अब न्यायाधीशहरुले न्याय सम्पादनको कार्य प्रणालीको ढाँचामा परिवर्तन ल्याउनुपर्ने उहाँको भनाइ थियो । नेपाल बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष उत्तमप्रसाद आचार्यले न्यायसम्पादन प्रणालीलाई समयानुकूल बनाउँदै लैजानुपर्ने र यो जनहितमा हुनुपर्नेमा जोड दिनुभयो । 

उक्त वार्षिक समीक्षामा उच्च अदालतका सुर्खेतका रजिष्ट्रार अर्जुनप्रसाद कोइराला, सल्यान जिल्ला न्यायाधीश सुदीप पाण्डे, दैलेख जिल्ला न्यायाधीश दण्डपाणि लामिछाने, रुकुम पश्चिम जिल्ला न्यायाधीश विद्याराज पौडेल, जाजरकोट जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्य र पाँच जिल्लाका श्रेस्तेदार अधिकृतहरूको सहभागिता रहेको थियो । 


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: कर्णालीमा मुद्दा फर्छ्योट प्रगति उत्कृष्ट छः मुख्य न्यायाधीश
कर्णालीमा मुद्दा फर्छ्योट प्रगति उत्कृष्ट छः मुख्य न्यायाधीश
https://onlineradionepal.gov.np/wp-content/uploads/2022/07/High-Court-Surkhet-MK.webp
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/07/blog-post_41.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/07/blog-post_41.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content