Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

कर्णालीमा मुद्दा फर्छ्योट प्रगति उत्कृष्ट छः मुख्य न्यायाधीश

 कर्णाली।  उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश शेषराज सिवाकोटीले कर्णालीमा मुद्दा फर्छ्योट प्रगति उत्कृष्ट रहेको बताउनुभएको छ ।  उच्च अदा...

 कर्णाली।  उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश शेषराज सिवाकोटीले कर्णालीमा मुद्दा फर्छ्योट प्रगति उत्कृष्ट रहेको बताउनुभएको छ । 

उच्च अदालत सुर्खेतद्वारा शुक्रबार आयोजित चालु आव २०७८÷०७९ को वार्षिक समीक्षा कार्यक्रममा मुख्य न्यायाधीश सिवाकोटीले तल्लो कर्णालीका पाँच जिल्लाको मुद्दा फर्छ्योट प्रगति हेर्दा लक्ष्यभन्दा माथि नै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले जनतालाई न्यायको अनुभूति दिलाउने हो । हामीले त्यसैमा दत्तचित्त भएर लाग्नुपर्दछ ।” 

उच्च अदालत सुर्खेतका वरिष्ठ न्यायाधीश माधवप्रसाद पोखरेलले सर्वोच्चको पञ्चवर्षीय रणनीति मुताविक कार्ययोजना बनाएर अघि बढिएको बताउनुभयो । उहाँले उच्च अदालत सुर्खेतले लक्ष्यभन्दा १७१ प्रतिशत प्रगति गरेको र तल्लो कर्णालीमा पाँच जिल्लाको मुद्दा फर्छ्योट प्रगति पनि अपेक्षाकृत भएको जनाउनुभयो । 

उच्चकै न्यायाधीशद्वय पुनसिंह चन्द र लेखनाथ ढकालले पञ्चवर्षीय रणनीतिक योजनाअनुरूप बनाइएको  लक्ष्य र उद्देश्य पूरा गर्न भोग्नुपरेका समस्या, चुनौती र भावी बाटो के भन्ने कुराको अनुभव अनुभूति आदानप्रदान गर्न वार्षिक समीक्षाले सहयोग पु¥याउने धारणा राख्नुभयो ।

कर्णाली प्रदेश सरकारका मुख्यन्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठ कर्णालीमा न्यायाधीशहरुले लक्ष्यमा अग्रसर भएर जनतामाझ न्याय दिएको भन्दै कृतज्ञता प्रकट गर्नुभयो । पाँच जिल्लाका न्यायाधीशहरूको प्रतिनिधित्व गर्दै सुर्खेत जिल्ला अदालत सुर्खेतका न्यायाधीश डा राजेन्द्रप्रसाद आचार्यले मुद्दा फर्छ्योट हुनुमा सहायक तत्त्व र हुन नसक्नुमा कारक तत्त्वले काम गरेको टिप्पणी गर्नुभयो । 

अब न्यायाधीशहरुले न्याय सम्पादनको कार्य प्रणालीको ढाँचामा परिवर्तन ल्याउनुपर्ने उहाँको भनाइ थियो । नेपाल बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष उत्तमप्रसाद आचार्यले न्यायसम्पादन प्रणालीलाई समयानुकूल बनाउँदै लैजानुपर्ने र यो जनहितमा हुनुपर्नेमा जोड दिनुभयो । 

उक्त वार्षिक समीक्षामा उच्च अदालतका सुर्खेतका रजिष्ट्रार अर्जुनप्रसाद कोइराला, सल्यान जिल्ला न्यायाधीश सुदीप पाण्डे, दैलेख जिल्ला न्यायाधीश दण्डपाणि लामिछाने, रुकुम पश्चिम जिल्ला न्यायाधीश विद्याराज पौडेल, जाजरकोट जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्य र पाँच जिल्लाका श्रेस्तेदार अधिकृतहरूको सहभागिता रहेको थियो । 


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content