स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

बागमती प्रदेशले निर्माण गरिरहेका शीतभण्डार भदौबाट सञ्चालनमा आउने

SHARE:

हेटौैँडा । कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशले निर्माण गरिरहेका १० वटा शीतभण्डारमध्ये आठवटा भदौको पहिलो सातादेखि सञ्चालनमा आउने भएका छन् ।

उक्त शीतभण्डारमध्ये दुई महिनादेखि एउटा सञ्चालन भइसकेको र आठ वटाको भौतिक निर्माण कार्य सम्पन्न भई मेसिन जडान कार्य भइरहेका कारण अब भदौ पहिलो सातामा नै सञ्चालनमा ल्याइने बताइएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा सरोज पाण्डेका अनुसार सरकारले रु ९७ करोड ८३ लाख ६३ हजार लागतमा प्रदेशका १० वटा शीतभण्डार निर्माण सुरु भएको र अब नुवाकोटका दुईबाहेक अन्य सबैमा मेसिन जडान भइरहेको छ । सहकारी संस्था तथा निजी क्षेत्रसँगको साझेदारीमा मन्त्रालयले शीतभण्डार निर्माणको काम अघि बढाएको उहाँले जनाउनुभयो ।

मन्त्रालयले १० वटै शीतभण्डार निर्माणबापत रु ६५ करोड ४८ लाख ६० हजार निर्माण कम्पनीलाई भुक्तानीसमेत दिइसकेको सचिव पाण्डेको भनाइ रहेको छ । चितवनको खैरहनी–६, धादिङको बेनीघाट रोराङ–७, रसुवाको कालिका–२, सिन्धुलीको सुनकोसी–५, सिन्धुपाल्चोकको लिसङ्खुपाखर–७ र इन्द्रावती, दोलखाको जिरी–५, रामेछापको मन्थली, शीतभण्डारको भौतिक निर्माण करिब अन्तिम क्षणमा पुगेको जनाउँदै सचिव पाण्डेले नुवाकोटको विदुर–५ र बेलकोटगढी–१० मा भने ६५ प्रतिशत मात्र काम भएकाले उक्त शीतभण्डार भने छ महिनाभित्र सञ्चालन गरिने बताउनुभयो ।

प्रदेश सरकारले अधिकांश शीतभण्डारको निर्माणका लागि दुई वर्षको समय अवधि दिएर ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७८ मा नै हस्तान्तरण हुनुपर्ने थियो । मन्त्रालयले नुवाकोटको विदुर–५ र बेलकोटगढी–१० मा पाँच हजार मेट्रिक टन क्षमताका शीतभण्डार निर्माणका लागि ५० प्रतिशत र साझेदार संस्था तथा निजी कम्पनीको ५० प्रतिशत लगानी गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । विदुरमा कूल रु १९ करोड ८५ लाख ८१ हजार र बेलकोटगढीमा रु २० करोड ३९ लाख ६८ हजार लागतमा शीतभण्डार निर्माण ठेक्का सम्झौता भएको थियो तर कोरोना महामारीका कारण काम रोक्किएर निर्माण सम्पन्न हुन दुई वर्ष ढिला भएको मन्त्रालयका सचिव पाण्डेले प्रष्ट्याउनुभयो ।

दुई वर्षसम्म कोरोनाका कारण ठेकेदार कम्पनीले काम गर्न नपाएको विवरणमा उल्लेख भएको जनाउँदै उहाँले अब भने केही दिनमा नै सञ्चालनमा ल्याइने बताउनुभयो । मन्त्रालयका अनुसार खैरहनी–६ मा साना किसान कृषि सहकारी संस्थासँगको साझेदारीमा २०७५ साल चैत १३ मा शीतभण्डार निर्माण सम्झौता गरेर काम सुरु गरेकामा हालसम्म करिब ९५ प्रतिशत सम्पन्न भएको छ ।

एक हजार ५०० मेट्रिक टन क्षमताको यस शीतभण्डार निर्माणका लागि रु १२ करोड ९४ लाख लागतमा ठेक्का सम्झौता गरेको थियो । हालसम्म रु ११ करोड ५२ लाख भुक्तानी भइसकेको छ । बेनीघाट रोराङमा एक हजार ५०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणका लागि कृषक सुधार फलफूल तथा तरकारी सहकारी संस्थासँग साझेदारी भएको छ । मन्त्रालयले रु १२ करोड ८३ लाख ७० हजार लागतमा सम्झौता गरेकामा हालसम्म रु १० करोड ९८ लाख ६४ हजार भुक्तानी दिएको छ । हालसम्म ९५ प्रतिशत काम सकिएको दाबी गरिएको छ ।

सिन्धुपाल्चोककै इन्द्रावतीमा पोखरे साना किसान कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ५०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गर्न रु पाँच करोड ३५ लाख ४९ हजार लागतमा ठेक्का सम्झौता भएको हो । उक्त शीतभण्डारको ९४ प्रतिशत काम सकिएको मन्त्रालयले जनाएको छ । रामेछापको मन्थलीमा ५०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणका लागि कूल रु पाँच करोड ३० लाख ९५ हजारमा ठेक्का सम्झौता भएको थियो ।त्यसैगरी सिन्धुलीको सुनकोसी–५ मा मुकुटेश्वर बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ५०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण कार्य ९६ प्रतिशत सम्पन्न भएको छ । सिन्धुपाल्चोकको लिसंखुपाखर–७ मा गोल्मुथान कृषि सहकारीसँगको साझेदारीमा शीतभण्डार निर्माणको ठेक्का सम्झौता भएको थियो । पाँच सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणका लागि कूल रु पाँच करोड ३५ लाख लागतमा ठेक्का सम्झौता भएर निर्माण कार्य सुरु भएको थियो । हालसम्म ९५ प्रतिशत काम सकिएको मन्त्रालयले जनाएको छ ।

दोलखाको जिरी नगरपालिका र जिरी कृषि सहकारी संस्थासँगको साझेदारीमा रु पाँच करोड ३७ लाख लागतमा ५०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण सुरु भए पनि हालसम्म ९४ प्रतिशत काम सकिएको बताइएको छ ।

रसुवाको कालिका गाउँपालिकामा साना किसान कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ३०० मेट्रिक टन क्षमताको शीतभण्डारमा अन्तिम कार्य भइरहेको बताइएको छ ।

केही शीतभण्डारमा मेसिनसमेत जडान भएर बत्तीको मिटरमात्र जडान बाँकी भएको मन्त्रालयले जनाएको छ । तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले निर्माण सुरु गरेका १० वटै शीतभण्डारमध्ये अब नुवकोटका दुई वटाको मात्र करिब ३५ प्रतिशत काम बाँकी रहेको मन्त्रालयले जनाएको छ । कोरोना महामारीका बाबजुत पनि काम सकेर सञ्चालनमा ल्याउने तयारीमा रहेका शीतभण्डार मन्त्रालयको सफलता भएको जनाइएको छ । रासस


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: बागमती प्रदेशले निर्माण गरिरहेका शीतभण्डार भदौबाट सञ्चालनमा आउने
बागमती प्रदेशले निर्माण गरिरहेका शीतभण्डार भदौबाट सञ्चालनमा आउने
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/07/blog-post_23.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/07/blog-post_23.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content