स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

आजको श्रीगढीमाई राष्ट्रिय दैनिक पढ्नुभयो ?

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

बाँकेमा निर्वाचन खर्चको विवरण बुझाएनन् राजनीतिक दलले

SHARE:

नेपालगञ्ज। बाँकेमा कुनै पनि राजनीतिक दलले स्थानीय तह निर्वाचन २०७९ मा खर्च भएको विवरण बुझाएका छैनन् । निर्वाचन कार्यालयले सूचना प्रकाशन गरेर गत असार ११ गतेसम्म स्थानीय तह निर्वाचनमा भएको खर्चको विवरण बुझाउन उम्मेदवारलाई आग्रह गरेको थियो । तर म्याद सकिएको लामो समय भइसक्दा पनि कुनै दलले स्थानीय निर्वाचनको खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख रमा पन्तले जानकारी दिनुभयो ।

“उहाँहरूले स्थानीय तह निर्वाचनको समयमा नै खर्च विवरण बुझाउनु भएन, अब जरिवाना लाग्छ”, उहाँले भन्नुभयो । प्रमुख पन्तले दलहरूलाई यस विषयमा सबै जानकारी भएको उल्लेख गर्दै खर्च विवरण बुझाउने उहाँहरूको दायित्व भएको बताउनुभयो ।

“हामीले बारम्बार ताकेता गरेका थियौँ तर उहाँहरू केही घर बनाउने काममा लागेको र केही अन्य काममा व्यस्त भएको पाइयो”, प्रमुख पन्तले भन्नुभयो । स्थानीय तह निर्वाचनमा जीत हासिल गरेका र पराजित भएका सबैले स्थानीय तहको निर्वाचनको खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाउनुपर्छ ।

बाँकेमा केही प्रमुख राजनीतिक दलले खर्च विवरण बुझाउन फाराम लिएर गए पनि निर्वाचन कार्यालयमा नबुझाएको जिल्ला निर्वाचन कार्यालय, बाँकेले जनाएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टीलगायत २९ दल दर्ता भएकामा स्थानीय तहको निर्वाचनमा २४ दल सहभागी भएका थिए । खर्च विवरण नबुझाएका उम्मेदवारलाई कति जरिवाना तोक्ने भन्ने विषयमा निर्वाचन आयोगले निर्णय गर्ने बताइएको छ ।


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: बाँकेमा निर्वाचन खर्चको विवरण बुझाएनन् राजनीतिक दलले
बाँकेमा निर्वाचन खर्चको विवरण बुझाएनन् राजनीतिक दलले
https://onlineradionepal.gov.np/wp-content/uploads/2022/07/Nirwachan.webp
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/07/blog-post_22.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/07/blog-post_22.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content