Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बाँकेमा निर्वाचन खर्चको विवरण बुझाएनन् राजनीतिक दलले

नेपालगञ्ज। बाँकेमा कुनै पनि राजनीतिक दलले स्थानीय तह निर्वाचन २०७९ मा खर्च भएको विवरण बुझाएका छैनन् । निर्वाचन कार्यालयले सूचना प्रकाशन गरे...

नेपालगञ्ज। बाँकेमा कुनै पनि राजनीतिक दलले स्थानीय तह निर्वाचन २०७९ मा खर्च भएको विवरण बुझाएका छैनन् । निर्वाचन कार्यालयले सूचना प्रकाशन गरेर गत असार ११ गतेसम्म स्थानीय तह निर्वाचनमा भएको खर्चको विवरण बुझाउन उम्मेदवारलाई आग्रह गरेको थियो । तर म्याद सकिएको लामो समय भइसक्दा पनि कुनै दलले स्थानीय निर्वाचनको खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख रमा पन्तले जानकारी दिनुभयो ।

“उहाँहरूले स्थानीय तह निर्वाचनको समयमा नै खर्च विवरण बुझाउनु भएन, अब जरिवाना लाग्छ”, उहाँले भन्नुभयो । प्रमुख पन्तले दलहरूलाई यस विषयमा सबै जानकारी भएको उल्लेख गर्दै खर्च विवरण बुझाउने उहाँहरूको दायित्व भएको बताउनुभयो ।

“हामीले बारम्बार ताकेता गरेका थियौँ तर उहाँहरू केही घर बनाउने काममा लागेको र केही अन्य काममा व्यस्त भएको पाइयो”, प्रमुख पन्तले भन्नुभयो । स्थानीय तह निर्वाचनमा जीत हासिल गरेका र पराजित भएका सबैले स्थानीय तहको निर्वाचनको खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाउनुपर्छ ।

बाँकेमा केही प्रमुख राजनीतिक दलले खर्च विवरण बुझाउन फाराम लिएर गए पनि निर्वाचन कार्यालयमा नबुझाएको जिल्ला निर्वाचन कार्यालय, बाँकेले जनाएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टीलगायत २९ दल दर्ता भएकामा स्थानीय तहको निर्वाचनमा २४ दल सहभागी भएका थिए । खर्च विवरण नबुझाएका उम्मेदवारलाई कति जरिवाना तोक्ने भन्ने विषयमा निर्वाचन आयोगले निर्णय गर्ने बताइएको छ ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content