Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

मधेश प्रदेश मिडिया अवार्ड्स कार्यक्रम संचारकर्मीहरुको हौसला बढाउनको लागि गरिएको हो : आनन्द शर्मा

  मधेश प्रदेश मिडिया अवार्ड्स कार्यक्रम संचारकर्मीहरुको हौसला बढाउनको लागि गरिएको हो : आनन्द शर्मा  कलैया , बारा  असार, ७ गते । मधेश प्रदेश ...

 

मधेश प्रदेश मिडिया अवार्ड्स कार्यक्रम संचारकर्मीहरुको हौसला बढाउनको लागि गरिएको हो : आनन्द शर्मा 

कलैया , बारा 

असार, ७ गते ।



मधेश प्रदेश स्थित बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिका – ६ मा अवस्थित नेपाल इन्षिटच्यूट अफ मास कम्यूनिकेशन प्रा. लि. ले मधेश प्रदेश मिडिया अवार्ड्स – २०७९ नामक प्रदेश स्तरीय अवार्ड कार्यक्रमको आयोजना गर्ने भएको छ । कलैया स्थित होटेल करण राज प्यालेसमा पत्रकार सम्मेलन गरि इन्षिटच्यूटका प्रमुख आनन्द शर्माले कार्यक्रम बारे बिस्तृत जानकारी गराएका छन l यो मिडिया अवार्ड कार्यक्रम भने मधेश प्रदेश कै पहिलो मिडिया अवार्ड कार्यक्रम हो ।



२०७९ असार २५ गते शनिबारका दिन बारा जिल्लाको सदरमुकाम कलैया स्थित होटेल करण राज प्यालेसमा दिनको ११ बजे देखि मधेश प्रदेशका मुख्यमन्त्री माननीय महमद लालबाबु राउत गद्दी ज्यूको प्रमुख अतिथिय तथा बिभिन्न तह तपकाका विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा कार्यक्रम हुने अवार्ड कार्यक्रमका प्रमुख आनन्द शर्माले बताए । यस मिडिया अवार्ड कार्यक्रमको प्रत्यक्ष प्रशारण भने ५ वटा टेलिभिजन र २० वटा जति रेडियो स्टेशन लगायत बिभिन्न संचार माध्यमहरुको फेसबुक पेज तथा युट्युबहरु बाट समेत गरिने छ ।             


संचारकर्मीहरुको कार्यको उचित मुल्यांकन गर्नको लागि, संचारकर्मीहरुको कार्यको मुल्यांकन गरि उत्कृष्ट संचारकर्मीहरुलाई सम्मानित गर्ने र वहाँहरुको हौसला बढाउनको लागि, अवार्ड कार्यक्रमको माध्यमले प्रदेशका सबै संचारकर्मीहरु एक ठाउँमा उपस्थित भई चिनजान गर्ने र आफ्ना कार्यको अनुभव मंच बाट आदानप्रदान गर्ने उद्धेश्यका साथ् यो कार्यक्रमको आयोजना गरिएको छ ।


नेपाल इन्षिटच्यूट अफ मास कम्यूनिकेशन प्रा. लि. भने २०७८ सालमा स्थापना भई सोहि सालको मिति २०७८ फाल्गुन ०१ मा बिधिवत रुपमा सुचारु भएको हो । यति कम समयमा नेपालका हरेक वर्ग र समुदायको मन जित्दै आफूलाई यस भेगको सबैभन्दा सफल , लोकप्रिय र स्थापित इन्षिटच्यूटको रुपमा बन्न सफल भएको छ । यस इन्षिटच्यूटमा नेपाल लगायत भारत बाट पनि प्रत्यक्ष रुपमा कक्षामा उपस्थित भई तालिमको लागि प्रशिक्षार्थिहरु आउने गर्दछन । साथै अनलाईनको माध्यमले विश्वभरि बाट प्रशिक्षार्थिहरु तालिममा सहभागी हुने गर्दछन । मिडिया/पत्रकारिता सम्बन्धित एकदमै न्यून तालिम प्रदायक शैक्षिक संस्थाहरु भएकोले संचार सम्बन्धित गुणात्मक शिक्षा प्रदान गर्नको निमित यो इन्षिटच्यूटको स्थापना भएको प्रमुख शर्माले बताए । यो इन्षिटच्यूटले संचारको क्षेत्रमा विलकुलै फरक सोच , नयाँ बिचार र परिवर्तनको उद्देश्यले मिडिया सम्बन्धित शैक्षिक क्षेत्रमा पाईला चालेको छ भनि आनन्द शर्माले बताए ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content