जिसस बाराको सभापतिमा नरेन्द्र साह र उप- सभापतिमा चण्डिका सापकोटा उप्रेती विजयी
सन्दिप प्रसाद यादव
जेष्ठ ३० गते ।
कलैया , बारा
जिल्ला समन्वय समिति (जिसस ) बाराको निर्वाचनमा नेकपा एमालेको प्यानल विजयी भएको छ ।
सोमबार भएको निर्वाचनमा जिसस बाराको प्रमुखमा नेकपा एमालेका नरेन्द्र साह र उपप्रमुखमा एमालेका चण्डिका सापकोटा उप्रेती निर्वाचित भएका हुन् । बाँकी ७ सदस्यमा जसपा ३ पद, एमाले २ पद र लोसपा २ पदका उम्मेदवारहरू विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतका अनुसार, जिससको प्रमुखमा साह २०
मतका साथ निर्वाचित भएका हुन् । त्यसै पार्टीका उप - सभापति पदका उम्मेदवार चण्डिका सापकोटा उप्रेतीले १७ मत मात्रै पाएकी छिन् । यस्तै उप सभापतिमा एमालेकै चण्डीका उप्रेतिले १७ मत पाएर बिजयी हुदा गठबन्धन तर्फबाट जसपा उम्मेदवार पवन ब्याहुतले १५ मत पाएका थिए ।
सोमबार भएको निर्वाचनमा बाराका १६ वटा पालिकाका प्रमुख र उपप्रमुख गरि ३२ जनाले मतदान गरेका थिए ।
बारामा रहेको १६ स्थानीय तहमा बैशाख ३० को निर्वाचनमा प्रमुख र उपप्रमुख गरि कांग्रेसले ८ पद, एमालेले ११ पद, जसपाले ६ पद , माओवादीले १ पद , तराजु २ पद र लोसपाले ४ जना प्रमुख पद जितेको थियो ।
प्रतिक्रिया