Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बाराको देवताल गाउँपालिकामा जनता समाजवादी पार्टी ,नेपालका उदय प्रसाद यादव अध्यक्षमा विजयी

 अजय यादव वियोगी  कलैया ,बारा । "बाराको देवताल गाउँपालिकामा जनता समाजवादी पार्टी ,नेपालका उदय प्रसाद यादव अध्यक्षमा विजयी " बाराको...

 अजय यादव वियोगी 

कलैया ,बारा ।

"बाराको देवताल गाउँपालिकामा जनता समाजवादी पार्टी ,नेपालका उदय प्रसाद यादव अध्यक्षमा विजयी "



बाराको देवताल गाउँपालिकामा जनता समाजवादी पार्टी ,नेपालका उदय प्रसाद यादव अध्यक्ष पदमा विजयी भएका छन् ।कुल मत १० हजार ७ सय ६० (१०,७६०) मध्ये ४ हजार १ सय ७६ (४,१७६) मत ल्याई ६०१ मतको मतानन्तरले अध्यक्षमा विजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी ,नेपालका अध्यक्ष पदका उम्मेदवार एवम् पुर्व गाउँपालिका अध्यक्ष चन्दनकुमार सिँहले ३ हजार ५ सय ७५(३,५७५) मत ल्याउन सफल भएका छन् ।नेपाली काँग्रेसका हरिलाल राय यादव भनिने हरिलाल दास बैरागीले २ हजार ६ सय ७ (२,६०७ ) मत ल्याई तेस्रो स्थानमा पर्न सफल भएको देवताल गाउँपालिकाका निर्वाचन अधिकृत सुदर्शन ढकालले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।यस्तै उपाध्यक्षमा जनता समाजवादी पार्टी नेपालकि सितापति देवी यादव कुल मत १० हजार ५ सय ९१ (१०,५९१ ) मध्ये ४ हजार २ सय ५ (४,२०५) मत ल्याई १ हजार १ सय २९ (१,१२९) मतको मतान्तरले विजयी भएकि हुन ।उनकि निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीकि उपाध्यक्ष पदकि  उम्मेदवार पुर्व उपाध्यक्ष समेत रहेकि रामपति देवी ३ हजार ७६ (३,०७६) मत ल्याउन सफल भएकि छिन् ।नेपाली काँग्रेसकि उर्मिला देवी यादव २ हजार ५ सय ९९ (२,५९९) मत ल्याई तेस्रो स्थानमा पर्न सफल भएकि छिन् ।वडा नम्बर -१ मा जनता समाजवादी पार्टी ,नेपालका यूवा नेता एवम् प्रखर वक्ता अरुणकुमार सिँह कुल मत १ हजार ९८(१०९८ ) मध्ये ४ सय ६ (४०६ ) मत ल्याई वडाध्यक्ष पदमा विजयी भएका छन् ।निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी ,नेपालका


नरेन्द्रकुमार सिँह २ सय ५६ (२५६ )मत ल्याउन सफल भएका छन् ।नेपाली काँग्रेसका शैलेन्द्र राय यादव २ सय ९(२०९) मत ल्याई तेस्रो स्थानमा पर्न सफल भएका छन् ।वडा नम्बर -२ मा जनता समाजवादी पार्टी ,नेपालका मनरुदिन मियाँ ठकुराई कुल मत २ हजार ४ सय ६ (२,४०६)मध्ये १ हजार ३ सय ६१ (१,३६१) मत ल्याई वडाध्यक्ष पदमा विजयी भएका छन ।उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका उम्मेदवार एवम् पुर्व वडाध्यक्ष रमेशप्रसाद यादव ४ सय ७५ (४७५ ) मत ल्याउन सफल भएका छन् ।नेपाली काँग्रेसका किशोरी राय यादव ३ सय ९४ (३९४) मत ल्याई तेस्रो स्थान हासिल गर्न सफल भएका छन् ।वडा नम्बर -३ मा जनता समाजवादी पार्टी ,नेपालका रामकिशोर प्रसाद कुशवाहा कुल मत १ हजार ४ सय ६९ (१,४६९) मध्ये ६ सय ३९ (६३९ ) मत ल्याई वडाध्यक्ष पदमा विजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका नेता एवम् पुर्व वडाध्यक्ष अमर प्रसाद नेपालीले ३ सय ७९ (३७९) मत ल्याउन सफल भएका छन् ।नेपाली काँग्रेसका भोला मियाँ मंसुरी ३ सय ४९(३४९ )मत ल्याएको निर्वाचन अधिकृत सुदर्शन ढकालले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।शान्तिपूर्ण वातावरणमा नै निर्वाचन समेत भएको निर्वाचन अधिकृत ढकालले बताउनुभयो ।यस्तै वडा नम्बर -४ मा नेपाली काँग्रेसका यूवा नेता ललनकुमार यादव कुल मत १ हजार २ सय १ (१,२०१) मध्ये ४ सय ४४(४४४) मत ल्याई वडाध्यक्ष पदमा विजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका नेता एवम् पुर्व वडाध्यक्ष मिश्रीलाल प्रसाद मल्लाहले ३ सय ९६ (४९६)मत ल्याउन सफल भएका छन् ।वडा नम्बर -५ मा नेपाली काँग्रेसकै सुरेश प्रसाद साह कुल मत १हजार ४ सय २५ (१,४२५) मध्ये ७ सय ४७ (७४७) मत ल्याई वडाध्यक्ष पदमा विजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका नेता एवम्  पुर्व वडाध्यक्ष लखिन्द्र प्रसाद यादव ५ सय ५९ मत ल्याउन सफल भएका छन् ।वडा नम्बर -६ मा लोकतान्त्रिक समाजवादी पार्टी ,नेपालकम संजय कुमार कुल मत १ हजार ५ सय ६७ (१,५६७)मत मध्ये ५ सय ८५ (५८५)मत ल्याई वडाध्यक्ष पदमा विजयी भएका छन् ।वडा नम्बर -७ मा नेपाली काँग्रेसका सतेन्द्र प्रसाद यादव कुल मत १ हजार ४ सय ८० (१,४८०) मध्ये ५ सय ८२ मत ल्याई वडाध्यक्ष पदमा विजयी भएका छन ।उनका निकटतम प्रतिद्वन्द्वी विकास कुमार सिँह ४ सय ४३ (४४३) मत ल्याउन सफल भएका छन् ।जसपाका रामनारायण प्रसाद मण्डल ३ सय ४७ (३४७ ) मत ल्याई तेस्रो स्थानमा पर्न सफल भएको निर्वाचन अधिकृत सुदर्शन ढकालले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।देवताल गाउँपालिकामा १ वडा बाहेक सबैमा  नयाँ जनप्रतिनिधि अाएकोले विकासको लहर नै अाउने समाजसेवी धुपलाल प्रसाद सहनीले बताउनुभयो । जित भएपछि जसपाका नेता कार्यकर्ताहरुले विजयी जुलुस समेत निकालेका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content