बाराको बारागढी गाउँपालिकाको बर्थिङ सेन्टर खोपवा बारामा पहिलो प्रसुती गराउन सफल भएकी महिलालाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत आमाेद चाैधरीद्वारा स्वागत तथा सुत्केरी आमालाई परामर्शसहित न्यानाे कपडा प्रदान
दिपेन्द्र जैसवाल
कलैया , बारा । चैत्र २१ गते ।
बाराको बारागढी गाउँपालिकाको बर्थिङ सेन्टर खोपवा बारामा पहिलो प्रसुती गराउन सफल भएकी तथा पहिलो सेवाग्राही बारागढी गाउँपालिका वडा नं.१ निवासी पिंकी कुमारी चाैधरी साे कार्यमा संलग्न कार्यमा संलग्न कर्मचारीहरूलाई आज बारागढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत आमाेद चाैधरीद्वारा स्वागत तथा सुत्केरी आमालाई परामर्शसहित न्यानाे कपडाको झाेला, पाेषण आहार प्याकेज, दुधबर्धक तथा शक्तिबर्धक अौषधि र प्राेत्साहन स्वरूप पाँच हजारको चेक प्रदान गर्नु भएको छ I
सो कार्यक्रममा बारागढी बर्थिङ सेन्टर खोपवा बाराको
स्वास्थ्यकर्मीहरू, कर्मचारीहरू,अ.न.मीहरू गाउँपालिकाको स्वास्थ्य प्रमुख ओमप्रकाश चौधरीले लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया