Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बारामा चैत २५ देखि टाइफाइड विरूद्धको खोप

कलैया,१५ चैत । बारामा चैत २५ देखि टाइफाइड विरूद्धको खोप लगाइने भएको छ । जिल्लामा रहेकोे १६ स्थानीय तहमा ३ चरणमा उक्त खोप लगाइने स्वास्थ्य का...

कलैया,१५ चैत । बारामा चैत २५ देखि टाइफाइड विरूद्धको खोप लगाइने भएको छ । जिल्लामा रहेकोे १६ स्थानीय तहमा ३ चरणमा उक्त खोप लगाइने स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवले बताए ।
आज पथलैया तालीम केन्द्रमा आयोजित जिल्ला स्तरीय टाइफाइड विरूद्धको खोप अभियान सम्बन्धी स्वास्थ्य संस्था प्रमुखहरूको २ दिने अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी लाई सम्बोधन गर्दै सबैमा खोप लगाउँन अपिल साथ ३ चरणमा खोप लगाइने जनाएका हुन ।
चैत २५ देखि ३० सम्म कलैया उपमहानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, प्रसौनी गाउँँपालिका, विश्रामपुर गाउँँपालिका, फेटा गाउँँपालिका र परवानिपुर गाउँँपालिकामा खोप लगाइने छ ।
वैशाख ४ देखि ९ गते सम्म निजगढ नगरपालिका, कोल्हवी नगरपालिका, महागढीमाई नगरपालिका, बारागढी गाउँँपालिका, करैयामाई गाउँँपालिका, त्यस्तै वैशाख ११ देखि १६ गते सम्म सिम्रौनगढ नगरपालिका, पचरौता नगरपालिका, सुवर्ण गाउँँपालिका, आदर्श कोतवाल गाउँँपालिका, देवताल गाउँँपालिकामा खोप लगाइने छ ।
१५ महिना देखि १५ वर्ष मुनिका सबै बालबालिकालाई टाइफाइड विरूद्धको खोप प्रदान गरिने उक्त गोष्ठीमा प्रमुख यादवले बताए । स्वास्थ्य संस्था प्रमुखहरूलाई अभिमुखिकरण दिदै उनले भने सरकारको पहिलो प्राथमिकता र लागत प्रभावकारी एवं जनस्वास्थ्यको सफल कार्यक्रमको रूपमा रहेको राष्ट्रिय खोप कार्यक्रमबाट खोपबाट बचाउन सकिने रोगहरूबाट हुने बिरामी दर, अपाङ्गता र शिशु तथा बाल मृत्युदर समेतमा उल्लेख्य रूपमा कमी ल्याउन सफलता मिलेको छ ।
यसरी अब १५ महिना सम्मका बालबालिकाहरूलाई विभिन्न संक्रामक रोगहरूवाट बचाउन १३ प्रकारको एन्टिजेन तथा गर्भवतीहरूका लागि टी.डी. खोप उपलब्ध हुने जानएका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content