बारागढी गाउँपालिकाले एकैसाथ तीन ओटा बर्थिङ सेन्टर कार्यालय भवनको उदघाटन
दिपेन्द्र जयसवाल,बारा
चैत्र १५ गते ।
बाराको बारागढी गाउँपालिका खोपवा बाराको आयोजनामा आज एकैसाथ तीन ओटा कार्यालय भवनको उदघाटन गरिएको छ । उदघाटन हुने भवनहरूमा नागरिक आरोग्य सेवा केन्द्र, बर्थिङ सेन्टर बारागढी खोपवा र खानेपानी परीक्षण केन्द्रहरू रहेका छन् । कार्यालयहरूको उदघाटन कार्यक्रमको अतिथि गाउँपालिका अध्यक्ष देवदत्त बछाड थारूले कार्यालयहरूको रेबिन काटी उदघाटन गर्नु भएको हो । सो उदघाटन कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको डाक्टर पुनिता केशरी, बर्थिङ सेन्टर बारागढी खोपवाको संयोजक विनयभुषण चौधरी,गाउँपालिकाको स्वास्थ्य प्रमुख ओमप्रकाश चौधरी,प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरी,वडा नं.२ को वडा अध्यक्ष कृष्ण प्रसाद चौधरी, वडा नं.४ को वडा सदस्य धर्मेन्द्र चौधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य र आफ्नो धारणा व्यक्त गरेका थिए I वडा नं.३ को वडा अध्यक्ष छठुराउत अहिरको अध्यक्षतामा भएको सो भवन उदघाटन कार्यक्रममा वडा नं.५ को वडा अध्यक्ष मनेजर चौधरी लगायत गाउँपालिकामा कार्यरत विभिन्न शाखाका शाखा प्रमुखहरू,कर्मचारी,महिला स्वास्थ्य
स्वयमसेविका,प्रधानाध्यापकहरू,शिक्षक शिक्षिका,राजनितिक दल लगायत सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । भने कार्यक्रमको सञ्चालन लेखा अधिकृत अजय चौधरीले गरेका थिए ।
प्रतिक्रिया