Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

"बाराको पचरौता नगरपालिका -५ बेलदारीमा सडकमै नालाको पानी ,स्थानीयबासी सास्ती खेप्न बाध्य "

 अजय यादव वियोगी  कलैया ,बारा । "बाराको पचरौता नगरपालिका -५ बेलदारीमा सडकमै नालाको पानी ,स्थानीयबासी सास्ती खेप्न बाध्य " बाराको स...

 अजय यादव वियोगी 

कलैया ,बारा ।


"बाराको पचरौता नगरपालिका -५ बेलदारीमा सडकमै नालाको पानी ,स्थानीयबासी सास्ती खेप्न बाध्य "

बाराको सबैभन्दा कान्छो नगरपालिकाको रुपमा रहेको पचरौता नगरपालिका देशभरिमा विवादित नगरपालिकाको रुपमा छाप बनाउदै गएको भएपनि विकासको नाममा पछाडि परेका छन् ।स्थानीय सरकारको काम भईरहेको भएपनि जनताले केही खास महशुस गर्न सकेका छैन ।पचरौता नगरपालिकाका मेयर रमेशकुमार यादवको गाउँमै जानको लागि समस्या नै हो ।गाउँको पानीको निकास नै छैन ,नालाको पानी सडकमा भएकाले अावत जावत गर्ने यात्रीलाई सास्ती हुनुको साथै स्थानीयबासी मारमा परेका छन् ।अाफ्नै गाउँमा पचरौता नगरपालिकाका सबै समानहरु राख्ने भएपनि सडक माघ महिना हिलाम्मे हुनु यो लज्जास्पद कुरा केही नभएको स्थानीयबासीहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताएका छन् ।बेलदारी गाउँमा करोडौंको विकास भएको मठ ,नाला ,सडक ढलान र हालै पचरौता नगर अस्पताल समेत निर्माण भएको हो तर सडकको पानी निकास नै छैन ।जनता भन्दा अाफ्नो सेवा सुविधामा बढी मेयर यादव  तल्लीन रहेको स्थानीयबासीले अारोप लगाएका छन् ।पचरौता नगरपालिका ९ वटामा चारै विकास भन्दा बढी विनाश भएको छ ।कहि राम्रो भएको छैन ,भौतिक पुर्वाधार तथा अन्यमा अनियमितता घटनाले सधैं विवादित बन्दै अाएको छ ।नालाको पानी सानो पोखरी जस्तोमा राख्न खोजे र यसको लागि पञ्चायती समेत बसेको थियो तर कुनै निकास निस्कन नसकेको बेलदारीका स्थानीयबासी खलिल मियाँले बताउनुभयो ।मेयर साहेबले  नालाको व्यवस्थापन गर्न खोजेका थिए तर केही स्थानीयबासीले साथ नदिदाँ यस्तै रहन गएको स्थानीयबासी मियाँको भनाई रहेको छ ।बेलदारी जाने मुख्य बाटोमा यसरी पानीले हिलाम्मे हुँदा बटुवाले पनि सास्ती खेप्नु कहिलेकाही खस्ने गरेका छन् । यो जस्ता धेरै समस्या यो पालिकामा भएको पचरौता नगरपालिका -४ गुलरियाका दिनेश यादवले बताउनुभयो ।वडा नम्बर -५ का वडाध्यक्ष लक्ष्मीप्रसाद यादवले पनि केही गर्न नसक्नु दुखद भएको स्थानीयबासीको भनाइ रहेको छ ।वडाध्यक्ष यादवले पनि देखेर नदेखे जस्तो गरेको स्थानीयबासीको भनाई रहेको छ ।नालाको पानी सिधा सडकमा अाउने गरेको भएपनि सम्बन्धित निकाय मौनले पचरौतामा विकास भन्दा विनाश बढी भएको नागरिक समाजका अगुवाहरुले टिप्पणी गरेका छन् ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content