Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

वीरगंज भन्सारद्वारा बक्यौता नतिर्ने १ सय ८६ फर्म तथा कम्पनीको कारोबार रोक्का

वीरगंज । वीरगंज भन्सार कार्यालयले १७ करोड भन्दा बढी बेरुजु रकम दाखिला नगर्ने १८६ फर्म तथा कम्पनीको कारोबार रोक्का गर्ने निर्णय गरेको छ ।  ...

वीरगंज । वीरगंज भन्सार कार्यालयले १७ करोड भन्दा बढी बेरुजु रकम दाखिला नगर्ने १८६ फर्म तथा कम्पनीको कारोबार रोक्का गर्ने निर्णय गरेको छ । 

वीरगंज भन्सारले एक सूचना जारी गर्दै एसियन पेन्टस, युनिक फर्मास्युटिकल वीरगंज, नेपाल टेलिकम, भ्याली कोल्ड स्टोर, पतञ्जली आयुर्वेद, अर्किड इन्टरनेशनल, मारुती फर्मा पर्सा, नेशनल हेल्थ केयर बारा, ऋद्धिशिद्धी इन्टरप्राईजेज पर्सा, यतिपोलिकेम प्रा.लि. सहितका १ सय ८६ कम्पनीको कारोबार रोक्का राख्ने निर्णय भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताउनुभयो । 

पटक–पटक ताकेता गर्दा पनि भन्सार कारोबारको दायित्व चुक्ता गर्न नआएपछि कारोबार रोक्काको निर्णय गरिएको पौडेलले जानकारी दिनुभयो । कारोबार रोक्का गरिएका फर्महरूले वर्षौँ देखिको बेरुजु रकम चुक्ता गर्न नआएको र अधिकांश कम्पनीहरूको १ लाख देखि ४० लाखसम्म बेरुजु फर्स्यौट गर्न बाँकी रहेको पौडेलले बताउनुभयो । 

केही कम्पनीले आर्थिक वर्ष २०६०÷६१ देखिको बक्यौता दाखिला नगरेको वीरगंज भन्सारको तथ्याङ्कमा उल्लेख छ । यस्ता कम्पनीको कुल बक्यौता १७ करोडभन्दा माथि रहेको भन्सार प्रमुख पौडेलले बताउनुभयो । 

वीरगंज भन्सारले कारोबार रोक्का गर्ने निर्णयपछि अब कम्पनीहरू बेरुजु तिर्न बाध्य हुने भन्सार कार्यालयले जनाएको छ । 


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content