
जनकपुरधाम । नेपाल सरकारले खरिद गरेको रेल आजदेखि सञ्चालनमा आएको छ ।
आजदेखि बिना यात्रु नै सञ्चालनमा आएको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
रेलको औपचारिक उद्घाटन नभएसम्म नियमित रुपमा दिनको एक पटक परीक्षण सञ्चालन हुने रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभएको छ ।
रेल चलाउनका रेलको लिक खाली गराइएको छ भने हाटबजार लगाउनमा पूर्ण रुपमा बन्द गराइएको कम्पनीले जनाएको छ ।
रेल्वे लिकमा छाडिने छाडा पशु चौपाया, मानव आवागमन, जथाभाबी बाटो बनाएर हिँड्ने जस्ता समस्या समाधान गर्न रेलको परीक्षण सञ्चालन गर्न आवश्यक रहेकाले त्यसो गरिएको महाप्रबन्धक झाले जानकारी दिनुभयो ।
रेल नियमित परीक्षण सञ्चालनमा आएपछि रेल्वेको संरचनामा हुँदै आएको मानवीय आक्रमणमा कमी आउने विश्वास नेपाल रेल्वे कम्पनीको रहेको छ ।
भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटरको रेलमार्ग अन्य भौतिक संरचनाहरूको निर्माण भएर सञ्चालनको अवस्थामा रहेको छ । रेल्वेमा जडान गरिएको एसी चलाएर आउँदा दैनिक २ सय ८० लिटर डिजेल लाग्ने अनुमान गरिएको छ ।
२०७७ साट असोज २ गते भारतबाट खरिद गरी दुई सेट रेल खरिद गरेर ल्याइएको थियो । भारत सरकारको कोन्कार्ण कम्पनीबाट ८४ करोड ६५ लाख नेपालीमा रकममा रेल खरिद गरी ल्याएको थियो ।
रेल विभिन्न कारणले सञ्चालन नभएका कारणले धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरेर राखिएको छ । रेलको परीक्षण सञ्चालनमा आएपछि यस क्षेत्रका जनताहरू खुसी भएका छन् ।
प्रतिक्रिया