Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

जनकपुर जयनगर ब्रोडगेज रेल आजदेखि परीक्षण सञ्चालनमा

जनकपुरधाम । नेपाल सरकारले खरिद गरेको रेल आजदेखि सञ्चालनमा आएको छ ।  आजदेखि बिना यात्रु नै सञ्चालनमा आएको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।...

जनकपुरधाम । नेपाल सरकारले खरिद गरेको रेल आजदेखि सञ्चालनमा आएको छ । 

आजदेखि बिना यात्रु नै सञ्चालनमा आएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । 

रेलको औपचारिक उद्घाटन नभएसम्म नियमित रुपमा दिनको एक पटक परीक्षण सञ्चालन हुने रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभएको छ । 

रेल चलाउनका रेलको लिक खाली गराइएको छ भने हाटबजार लगाउनमा पूर्ण रुपमा बन्द गराइएको कम्पनीले जनाएको छ । 

रेल्वे लिकमा छाडिने छाडा पशु चौपाया, मानव आवागमन, जथाभाबी बाटो बनाएर हिँड्ने जस्ता समस्या समाधान गर्न रेलको परीक्षण सञ्चालन गर्न आवश्यक रहेकाले त्यसो गरिएको महाप्रबन्धक झाले जानकारी दिनुभयो ।

रेल नियमित परीक्षण सञ्चालनमा आएपछि रेल्वेको संरचनामा हुँदै आएको मानवीय आक्रमणमा कमी आउने विश्वास नेपाल रेल्वे कम्पनीको रहेको छ ।

भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटरको रेलमार्ग अन्य भौतिक संरचनाहरूको निर्माण भएर सञ्चालनको अवस्थामा रहेको छ । रेल्वेमा जडान गरिएको एसी चलाएर आउँदा दैनिक २ सय ८० लिटर डिजेल लाग्ने अनुमान गरिएको छ ।

२०७७ साट असोज २ गते भारतबाट खरिद गरी दुई सेट रेल खरिद गरेर ल्याइएको थियो । भारत सरकारको कोन्कार्ण कम्पनीबाट ८४ करोड ६५ लाख नेपालीमा रकममा रेल खरिद गरी ल्याएको थियो । 

रेल विभिन्न कारणले सञ्चालन नभएका कारणले धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरेर राखिएको छ । रेलको परीक्षण सञ्चालनमा आएपछि यस क्षेत्रका जनताहरू खुसी भएका छन् । 


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content