Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

मोटरसाइकल चोरी गर्ने तीनजना पक्राउ

वीरगंज, २६ माघ ।  जिल्ला प्रहरी कार्यालय, पर्साले मोटरसाइकल चोरी गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ ।  आज बिहान ४ः३० बजे वीरगञ्ज महान...

वीरगंज, २६ माघ । 
जिल्ला प्रहरी कार्यालय, पर्साले मोटरसाइकल चोरी गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ । 
आज बिहान ४ः३० बजे वीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवा बस्ने बिनोद प्रसाद सहनीको नाममा दर्ता रहेको ना.१६ प २९७४ नम्बरको मोटरसाइकल उनको घरको आँगनमा पार्किङ गरिराखेको अवस्थामा चोरी गर्न खोज्दा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो । 
बारा जितपुर सिमरा उ.म.न.पा.वडा नं.७ बस्ने वर्ष १९ को रंजित सहनी र वर्ष २० को सभन पाठकले गेट तोडी मोटरसाइकल बाटोमा ल्याई लक तोड्दै गरेको अवस्थामा विनोदले देखेपछि प्रहरीमा जानकारी गराएको थियो । प्रहरी तुरुन्तै सो स्थानमा पुगेर दुवैजनालाई पक्राउ गरी चोरी सम्बन्धी कसूरमा मुद्दा चलाइरहेको छ । 
यसैगरी हिजो दिउँसो १ः३० बजे वीरगञ्ज महानगरपालिका वडा नं.३ ठाकुर राम क्याम्पस पछाडिको गलीबाट ठोरी गाउँँपालिका वडा नं.५ बस्ने अनिल कुमार चापागाईको नाममा दर्ता रहेको ना.४४ प ८२७५ नम्बरको मोटरसाइकल चोरी गर्ने क्रममा प्रहरीले विन्दवासिनी गा.पा.वडा नं.२ बस्ने वर्ष २८ को राजनाथ यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । मोटरसाइकलको लक तोडी भाग्दै गरेको अवस्थामा यादवलाई प्रहरी चौकी आदर्शनगरले पक्राउ गरी चोरी सम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content