श्री गढीमाई संवाददाता
कलैया ,बारा
"चितवनका प्रजिअ अास्मान तामाङले माछा व्यापारीलाई गरेको व्यवहार प्रति जिउँदो माछा व्यावसायी संघका केन्द्रीय अध्यक्ष जंगबहादुर साहले गरे घोर भर्त्सना "
माछा सबैको लागि त्यति नै उपयुक्त नै हो ।तर माछा जस्तो संवेदनशील क्षेत्रमा राज्य गम्भीर हुन नसक्नु अाफैमा दु:खको कुरा भएको हो ।बारा जिल्ला नेपालको पहिलो माछा उत्पादन गर्ने जिल्लामा पर्ने गरेका छन् ।हालै चितवन प्रमुख जिल्ला अधिकारी अास्मान तामाङले मत्स्य किसानसँग गरेको व्यवहारको जिउँदो माछा व्यवासायी संघका केन्द्रीय अध्यक्ष एवम् नेपाल मत्स्य व्यावसायी संघ बाराका पूर्व अध्यक्ष जंगबहादुर साहले घोर भर्त्सना गरेका छन् ।राज्यको उच्च अोहोदामा बसेकाबाट माछा व्यवासायीलाई यस्तो दुर्ववहार घटनाले अाफू दुखित मात्र नभई छक्क समेत परेको जिउँदो माछा व्यावसायी संघका केन्द्रीय अध्यक्ष साहले बताउनुभयो।अहिले माछा ढुवानीमा झन् समस्या रहेको छ ,तर राज्यले कहिले नदेख्ने गरेको तर किसानको पोखरीको डिलमा गएर सिल समेत गर्न भ्याउने चितवनका प्रजिअ अास्मान तामाङले देखाउनु भएको काम कुनै सानो नभएको जिउँदो माछा व्यावसायी संघका केन्द्रीय अध्यक्ष एवम् जिउँदो माछाका संस्थापक जंगबहादुर साहले बताउनुभयो ।सबै प्रदेशमा यस्तै अवस्था छ तर सबै सरकारले माछा व्यावसायीलाई उपेक्षा गरेको जिउँदो माछा व्यावसायी संघका केन्द्रीय अध्यक्ष साहले बताउनुभयो ।चितवनमा माछा व्यावसायीसँग गरेको कार्यको चारैतिरबाट अालोचना खेप्दै अाएपछि चितवनका प्रमुख जिल्ला अधिकारी अास्मान तामाङ र माछा व्यावसायी बिच लिखित सहमति भएको थियो ।
प्रतिक्रिया