बीरगन्ज,०८ माघ । बारामा एक पुरुष मृत अवस्थामा फेला परेका छ ।
बाराको सदरमुकाम कलैयामा रहेको पुजा लजमा उनि मृत फेला परेका बारा प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय बाराबाट गएको टोलि घटनास्थलमा पुगेको प्रहरी प्रवक्ता राजेश थापले बताए ।
मृतकको व्यक्तिको पहिचान खुल्न सकेको छैन । घटनास्थलको मुचुल्का उठाएर शवलाई पोष्टमार्टम गर्नको लागी जिल्ला अस्पताल कलैयामा ल्याउने तयारी भईरेहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ।
प्रतिक्रिया