स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

आजको श्रीगढीमाई राष्ट्रिय दैनिक पढ्नुभयो ?

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

प्रदेश २ मा कोरोनाको जोखिम बढेसँगै सतर्कता अपनाइँदै

SHARE:

धनुषा, २६ पुस

मित्रराष्ट्र भारतमा कोरोना भाइरस सङ्क्रमण तीव्र गतिमा बढेसँगै त्यसको असर प्रदेश २ का जिल्लामा पनि देखिन थालेको छ । गत मङ्सिरको अन्तिम सातासम्म प्रदेश २ मा स्थिर देखिएको कोरोना भाइरस सङ्क्रमणको ग्राफ बिस्तारै बढ्दै जाँदा जोखिम बढेको हो ।

यस प्रदेशका विभिन्न जिल्लामा पछिल्लो दुई दिनमा ९९ जनाको स्वाब परीक्षण गरिएकामा १६ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश २ को प्रदेश स्वास्थ्य निर्देशनालय सपही धनुषाले जनाएको छ । यता कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेसँगै प्रदेश २ का जिल्लाका भारतसँग सीमा जोडिएका नाकामा कडाइ गरिएको बताइएको छ ।

छिमेकी राष्ट्र भारतमा दैनिक एक लाखभन्दा बढीमा सङ्क्रमण देखिएपछि त्यसको असर नेपालमा पर्नसक्ने भन्दै सुरक्षा निकायले सीमानाकामा कडाइ गरेको छ । सशस्त्र प्रहरी बल प्रदेश–२ का प्रमुख गणेश ठाडा मगरले प्रत्येक नाकामा हेल्प डेस्क राखेर एन्टिजेनलगायतका प्रविधिबाट कोरोना पहिचान गर्ने र पोजेटिभ देखिए तत्काल स्वास्थ्य चौकीमा पठाइने गरिएको जानकारी दिनुभयो ।

महोत्तरीको जलेश्वर भिठ्ठामोड, पर्साको वीरगञ्ज, रौतहटको गौर, सिरहाको माडर र औरहीस्थित नाकामा हेल्पडेस्क स्थापना गरी भारतबाट आउनेको स्वास्थ्य परीक्षण सुरु गरिसकेको छ । प्रहरीकै सक्रियतामा स्थानीय सरकार र प्रमुख जिल्ला अधिकारीको सहजीकरणमा पालिकामा पनि हेल्पडेस्क सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

प्रदेश २ को बारा बाहेकका सबै जिल्लामा भन्सार कार्यालय छन् भने करिब ४६४ किलोमिटरमा भारतसँग खुला सीमा जोडिएको छ । प्रदेश २ का कतिपय स्थानीय तहले सुरक्षा निकायसँग सहजीकरण नगर्दा सुरक्षा अवस्था फितलो रहेको सशस्त्र प्रहरी बलको प्रदेश कार्यालयले जनाएको छ । ओमिक्रोन भाइरसको जोखिम बढ्नुका साथै सङ्क्रमितसमेत दैनिक वृद्धि हुनुले जनकपुरधामलगायतका प्रदेश २ का अधिकांश नाका कोरोनाको 'हटस्पट' बन्न सक्ने चिकित्सकले बताएका छन् ।

मुलुकको सबैभन्दा धेरै भन्सार कार्यालय र खुला नाकासमेत प्रदेश २ मा नै छन् । यस प्रदेशको आठ वटा जिल्लामा ३३ वटा भन्सार कार्यालय, ४१४ किमी मुख्य सडक, २२९ किमी मोटर बाटो र करिब ५५७ स्थानका गल्लीबाट नेपाल–भारत आवतजावत हुने गरेको छ । यति धेरै सम्पर्क स्थानबाट मानिसको सहजै र बाक्लो आवतजावत हुने भए पनि सम्बन्धित निकायबाट कडा निगरानी हुनुपर्ने अवस्था देखिएको छ । 

प्रदेश २ को प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाका अनुसार पछिल्लो केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जानु खतराको सङ्केत हो । लापरवाही गरे अवस्था अझै बिग्रन सक्ने झाको भनाइ छ । यता कोरोना सङ्क्रमणको ग्राफ बढ्दै गए पनि प्रदेश २ मा कोभिड–१९ विरुद्धको खोप लगाउनेको सङ्ख्या भने बढेको छैन । 

सरकारले २०७८ पुस मसान्तभित्र ६६ प्रतिशत नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने लक्ष्य लिएकामा पुसको अन्तिम साता बित्नै लाग्दा प्रदेश २ मा ३८ प्रतिशतले मात्र खोप लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशक झाले पुस महिना बित्नै लाग्दा यस प्रदेशमा पूर्ण डोज लगाउनेको सङ्ख्या ३८ प्रतिशत मात्र भएको बताउनुभयो । निर्देशक झाका अनुसार एक मात्र डोज खोप लगाउनेको सङ्ख्या सर्लाहीमा ६८, बारामा ६४, सिराहा र महोत्तरीमा ६२, धनुषामा ५४, पर्सामा ५१, सप्तरीमा ५० र रौतहटमा ३९ प्रतिशत रहेको छ ।

पुस महिनाभित्र ६६ प्रतिशतलाई खोप लगाइसक्ने सरकारको लक्ष्य पूरा गर्न दैनिक एक लाख २९ हजार ३४२ जनालाई खोप लगाउनुपर्नेमा अहिले यस प्रदेशमा दैनिक २२ हजार ३४६ जनालाई मात्र खोप लगाइरहेको निर्देशक झाले जानकारी दिनुभयो ।

स्थानीय तहका जनप्रतिनिधिले गम्भीरतापूर्वक नलिएका कारण खोप लगाउनेको सङ्ख्या नबढेको निर्देशक झाको भनाइ छ । कोरोना भाइरस सङ्क्रमण सुरु भएयता हालसम्म प्रदेश २ मा एक हजार ४० जनाले ज्यान गुमाइसकेका छन् । हालसम्म यो प्रदेशमा दुई लाख २३ हजार २१३ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा ३८ हजार ६७९ जना सङ्क्रमित भएका छन् । त्यसमध्ये ३७ हजार ५६९ निको भएर घर फर्किसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सम्भावित तेस्रो लहरबाट प्रदेशका नागरिकलाई जोगाउने तयारीमा प्रदेश सरकार जुटेको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गर्न खोपलाई प्राथमिकता दिनुपर्ने र कोरोना फैलिन नदिन स्वास्थ्य सतर्कता अपनाउनुपर्ने सोचका साथ प्रदेश सरकार अघि बढेको प्रदेश २ का सामाजिक विकासमन्त्री नवकिशोर साहले बताउनुभयो । "खोप लगाउनेको सङ्ख्या निरासाजनक देखिएको छ", उहाँले भन्नुभयो, "त्यही भएर जिल्लाका स्वास्थ्य कार्यालय प्रमुख तत्काल खोप लगाउने कार्यलाई गति दिनुस् भने निर्देशन दिएका छौँ ।"

केही दिनअघि मात्र यस प्रदेशका मुख्यमन्त्रीको उपस्थितिमा बसेको प्रदेश सरकारका मन्त्री, आठवटै जिल्लाका प्रजिअ, जिल्ला स्वास्थ्य प्रमुखको बैठकमा पनि तत्काल खोप लगाउने कामलाई अघि बढाउने निर्णयसमेत भएको मन्त्री साहको भनाइ छ ।

यसबाहेक कोरोनाको तेस्रो लहर आउनसक्ने जोखिमलाई दृष्टिगत गरी आठवटै जिल्लामा स्वास्थ्य सतर्कता बढाइएको बताइएको छ । "प्रदेशभरिका सबै अस्पताललाई औषधिसहित अक्सिजनलगायत स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्न निर्देशन दिएका छौँ", मन्त्री साहले भन्नुभयो, "सम्भावित तेस्रो लहर आउन नदिन अपनाउनुपर्ने सतर्कताबारे प्रजिअ र स्थानीय तहका जनप्रतिनिधिसँग नियमित समन्वय भइरहेको छ ।"

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: प्रदेश २ मा कोरोनाको जोखिम बढेसँगै सतर्कता अपनाइँदै
प्रदेश २ मा कोरोनाको जोखिम बढेसँगै सतर्कता अपनाइँदै
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/01/blog-post_21.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/01/blog-post_21.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content