Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

मधेश प्रदेश : ६ महिनामा १८ करोडको अवैध समान बरामद

९ माघ, वीरगञ्ज। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले चालु आर्थिक वर्ष २०७८-७९ को ६ महिनामा १८ करोड मूल्‍य बराबरको अवैध समान बरामद गरेको छ । ...

९ माघ, वीरगञ्ज। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले चालु आर्थिक वर्ष २०७८-७९ को ६ महिनामा १८ करोड मूल्‍य बराबरको अवैध समान बरामद गरेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि पुससम्म १८ करोड ८ लाख ५१ हजार १ सय ५६ रुपैयाँको अवैध समान बरामद गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार कार्यालय र ८ वटै जिल्ला प्रहरी कार्यालयले ६ महिनामा १ करोड ३५ लाख १४ हजार ५ सय ५५ रुपैयाँको किराना सामाग्री, ४१ लाख ८४ हजार १ सय २८ रुपैयाँ बराबरको विद्युतिय सामाग्री ८ करोड ३५ लाख ३९ हजार ९० रुपैयाँको सवारी साधन र पाटपुर्जा, ७ करोड ९६ लाख १२ हजार ८ सय ८३ रुपैयाँको लत्ता कपडा बरामद गरेको छ ।

यस्तै फेन्सी तथा अन्य समान, ९ लाख ८१ हजार १४ रुपैयाँको १ सय ९ ग्राम ७९४ मिलिग्राम सुन, र ७० लाख ६८ हजार ७ सय ८३ रुपैयाँको ८२ किलो १० ग्राम २७० मिलिग्राम चाँदी बरामद भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।

अवैध कारोबारमा संलग्न १ सय ४ जना मानिस पनि प्रहरीले पक्रेर समान सहित आवश्यक कारबाहीका लागि नजिकका भन्सार कार्यालयमा बुझाएको छ ।

लागू औषध कारोबारमा संलग्न ६०५ पक्राउ

प्रहरीले अवैध रुपमा लागू औषध ओसार प्रसार गरेको आरोपमा ८ जिल्लाबाट ६ महिनामा ६ सय ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका मध्ये ११ जना महिला पनि छन् ।

६ महिनामा प्रहरीले लागू औषध गाजा १ हजार ७ सय १७ किलो, ब्राउन सुगर १ सय ३४ ग्राम, चरेश ४६ किलो, हिरोईन ८३ ग्राम, डाइलेक्स डिसी ९० लिटर, विभिन्न ट्याबलेट ४० हजार ७ सय २८ वटा र इन्जेक्सन २२ हजार ४ सय ४६ थान बरामद भएको प्रदेश प्रहरीले जनाएको छ ।

९ सय ५२ फरार प्रतिवादी पक्राउ

मधेस प्रदेशबाट प्रहरीले ६ महिनामा ९ सय ५२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । उनीहरुबाट ३ सय ६५ दिन २ महिना ३ दिन कैद र ३ करोड ७१ लाख ६६ हजार ७ सय १४ रुपैयाँ जरिवाना सम्बन्धित जिल्ला तथा उच्च अदालतले अशुल गरेको छ ।

नदिजन्य पदार्थ अवैध रुपमा उत्खनन गरी बिक्रि गरेको आरोपमा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ । १ सय ७८ वटा सवारी साधन कारबाहीमा परेका छन् । जसबाट प्रहरीले ११ लाख २६ हजार ८० रुपैयाँ राजश्व संकलन गरेको छ ।

अवैध रुपमा वन फडानी गरी ल्याउँदै गर्दा २२ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट १७ लाख ९७ हजार ५ सय ७० रुपैयाँ मूल्‍य बराबरको १ हजार १ सय ९२ क्युफिट काठ बरामद गरेको र काठ ओसार प्रसारमा संलग्न २२ जना मानिस पक्राउ गरी आवश्यक कारबाहीका लागि वनलाई बुझाईएको प्रहरीले जनाएको छ ।

सवारी दुर्घटनामा २ सय ९२ जनाले ज्यान गुमाए

सवारी दुर्घटनामा परी २ सय ९२ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा २ सय ५२ जना पुरुष र ४७ जना महिला छन् ।

प्रदेशमा ६ महिनामा २ हजार ८ सय ५९ वटा सवारी दुर्घटना भएका छन् । सवारी दुर्घटनामा ८ सय ८० जना महिला सहित ४ हजार २ सय ३८ जना घाइते भएको प्रहरीको तथ्यांक छ । ट्राफिक तर्फ २ सय ६८ वटा मुद्धा दर्ता भएको छ ।

ट्राफिक नियम उलंघन गर्ने १ लाख ३६ हजार ४ वटा विभिन्न सवारीका धनीलाई कारबाही गरेर प्रहरीले ११ करोड ८९ लाख २५ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ ।

भारतको बिहार राज्यसँग खुल्ला सीमा जोडिएका कारण मधेस प्रदेशमा विभिन्न अपराधिक गतिविधि पनि हुने गरेको छ । हात हतियार सहित मानिस पक्राउ पर्ने गरेका छन् । हात हतियारका २४ वटा मुद्धा चल्दा ३४ जना पक्राउ परेका छन् । लामो १२ र छोटो १५ थान हातहतियार बरामद भएको प्रहरीले जनाएको छ ।

स्रोत नखुलेको नेपाली ८० लाख ७३ हजार ६ सय २० र भारतीय ११ लाख १९ हजार ९ सय रुपियाँ बरामद भएको छ । स्रोत नखुलेको रकम बोकि हिँड्ने २० जना मानिस पक्राउ परेका छन् ।

विपदका घटनामा २ सय ५३ जनाको ज्यान गयो

मधेस प्रदेशमा ६ महिनामा ७ सय ६१ वटा विपदको घटना भएका छन् । जसमा ५८ जना महिला सहित २ सय ५३ जनाले ज्यान गुमाएका छन् ।

१ सय ९० जना घाईते भएको प्रहरीले जनाएको छ । ८ जना वेपत्ता भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले जानकारी दिए ।
1 hour ago|

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content