Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

वीरगञ्जको भेडाहा खोला नियन्त्रणमा ४१ करोड लाग्ने

२३ मंसिर, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले भेडाहा खोलामा बाढी नियन्त्रणका लागि ४१ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ । बुधबार बसेको नगर कार्...

२३ मंसिर, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले भेडाहा खोलामा बाढी नियन्त्रणका लागि ४१ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ । बुधबार बसेको नगर कार्यपालिकाको बैठकले भेडाहा खोला नियन्त्रणका लागि लाग्ने लागत अनुमान गरेको हो ।

भेडाहा खोला नियन्त्रणका लागि राष्ट्रिय योजना आयोगले समपुरक अनुदान स्वरुप २५ करोड रुपैयाँ दिएको छ । वीरगञ्ज–२७, २८, २९, ३० र ३१ मा पर्ने भेडाहा खोलामा आउने बाढीले वर्षेनी जमिन कटान गर्ने गरेको छ ।

बैठकले सामुदायिक सिकाइ केन्द्रका परिचालकहरुको पारिश्रमिक १५ हजारमध्ये ७ हजार महानगरले उपलब्ध गराउने, वीरगञ्ज घण्टाघर स्थित सिटी शौचालय ठेक्का लगाउने, मेयर कप २०७७ समितिका पदाधिकारीहरुको पारिश्रमिक दिने, वडा नं १९ र २१ मा वर्थिङ सेन्टर सञ्चालन गर्ने लगायत निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डेले जानकारी दिए ।

त्यसैगरी वीरगञ्जलाई साक्षर घोषणा गर्ने, सामुदायिक माविमा खेल प्रशिक्षक वा फोकल पर्सन राख्ने निर्णयसमेत भएको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्द लाल कर्णले बताए ।

‘साक्षर नगर घोषणा गर्न लायकको अवस्थामा त पुगिसकेका छौं, तर पुनः एकपटक सर्वेक्षण गरेर वास्तविक स्थिति पत्ता लगाउने र चैत मसान्तभित्र घोषणा गर्नेगरी तयारी गरेका छौं’ उनले भने, ‘साक्षरता घोषणाका लागि संघले ७ लाख रुपैयाँ दिएको छ । साझेदारी कार्यक्रम भएकोले महानगरले पनि उतिकै रकम थप्नुपर्छ । निरक्षर धेरै भेटिएका वडामा साक्षरता कक्षा नै सञ्चालन गर्छौ ।’



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content