श्री गढीमाई संवाददाता
कलैया ,बारा।
"बाराको सुवर्ण गाउँपालिका वडा नम्बर -७ चौरहियामा विधुत्तको नाङ्गै पोल,टाढाबाट विधुत्त ल्याई बत्ति बाल्न जनता बाध्य "
उज्यालो अभियान देश भरिमा लागू भएको भएपनि बारामा यो प्रभावकारी भएको छैन। अहिलेको समय विधुत्त नहुँदा सबै काम नै ठप्प हुने हो तर यहीँ अवस्था अहिले बारामा देखा परेको छ कतै पोल खसेको छ ,कतै तार तल अाएर जनता जोखिम परेका छन् ।तर सुवर्ण गाउँपालिका वडा नम्बर -७ चौरहियाका स्थानीयबासी पोल हेरेर नै चित्त बुझाउन बाध्य भएका छन् ।बर्षोदेखि पोल गाडेको भएपनि लाईन नहुँदा समस्या भएको चौरहियाका स्थानीयबासीले जानकारी दिएका छन्। कुन सरकार अाएको छ तर त्यो केवल कागजमै नै भएको स्थानीयबासिहरुले बताएका छन् ।स्थानीय तह भएर अहिले बनाउनको सट्टा झन् बिग्रेको स्थानीयबासीहरुले अारोप ,प्रत्यारोप लगाउन सुरु गरेका छन् ।यस्तै चौरहिया गाँउमा र पश्चिम बसेको नहरको बस्तीमा लाईन नहुँदा सास्ती भनेको सास्ती जस्तो भएको स्थानीयबासी बद्री महतोले बताउनुभयो।खुबै विकास भएको अहिलेको जबानामा पनि विधुत्तको लागि संघर्ष गर्नुपर्नेको तथा ल्याएको पोल समेत लगेको स्थानीयबासी महतोले बताउनुभयो। चौरहियामा विवादै विवाद भएका कारण विकास नभएको हावाले जनता अाकुल पाकुल भएका छन ।सुवर्ण गाउँपालिका अहिले भ्रष्टाचारमा लिप्त भएको स्थानीय महिला सीतापति देवीले बताईन।लाईन नहुँदा दर्जनौं घरका धनिलाई समस्या भएको छ ।पक्का घर समेत बनी सकेको १०० जना भन्दा बढीको बसोबास भएको ठाउँ विधुेत्त नपुग्नु विधुत्त प्राधिकरण कमि भएको स्थानीयबासीहरुले बताएका छन् ।वडा र पालिकाले कुनै ध्यान दिएका छैन।
प्रतिक्रिया