श्री गढीमाई संवाददाता
गौर,रौतहट ।
"रौतहटको यमुनामाई गाउँपालिका -२ भेडियाहीमा रहेको श्री माध्यमिक विधालयमा व्यवस्थापन समिति गठन "
रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वडा नम्बर -२ भेडियाहीमा रहेको श्री माध्यमिक विधालयमा व्यवस्थापन समिति गठन गरिएको छ ।वडा नम्बर -२ का वडाध्यक्ष सरपलाल राय यादवको अध्यक्ष्ातामा भएको अभिभावक भेलाबाट समिति गठन गरिएको हो ।व्यवस्थापन समिति गठन कार्यक्रममा यमुनामाई गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामश्रेष्ठ राय यादव र शिक्षा संयोजक देवेन्द्र यादवको विशेष उपस्थिति रहेको थियो ।नवगठित व्यवस्थापन समितिको अध्यक्षमा लालबाबु राय यादवलाई सर्वसहमतिले चयन गरिएको छ ।सदस्यहरु उपेन्द्र मिश्र ,मलकिनिया देवी ,रामदुलारी देवी यादव ,हाविल अंसारी र श्रुति देवी राम चयन भएको विधालयका प्रधानाध्यापक उपेन्द्र प्रसाद यादवद्वारा हस्ताक्षर विज्ञप्तिमा जनाईएको छ ।विधालय व्यवस्थापन समिति गठन कार्यक्रममा बुद्धिजीवी ,समाजसेवी ,नागरिक समाजका प्रतिनिधि ,सञ्चारकर्मी तथा अन्य सबै सरोकारवालाको सहभागिता रहेको रौतहटबाट भैरो जी यादव उर्फ श्रावण यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई जानकारी दिएका छन् ।
प्रतिक्रिया