सन्दीप प्रसाद यादव
कलैया ,बारा
"बारामा रासायनिक मलको अभाव ,भारतीय रासायनिक मल चर्को मुल्यमा नेपाली किसान किन्न बाध्य "
नेपाल कृषि प्रधान देश हो ।तर किसानलाई कुनै सहुलियत मिल्दैन ।त्यसमा पनि समयमा रासायनिक मलको अभावले किसान थप पीडा दिने गरेको सर्वविदित्तै छ ।तैपनि सरकारले कुनै ठोस योजना ल्याउन सकेको छैन ।प्रत्येक साल नै रासायनिक मलको अभावले किसानलाई समस्या हुने गरेको छ ।बाराको किसानलाई अहिले गेहुँ छर्ने छटारो रहेको छ ।तर रासायनिक मलको अभाव रहेको छ ।बारामा अहिले रासायनिक मलको हाहाकार भएको छ ।कृषि सामाग्री कम्पनी लिमिटेड शाखासँग मौज्दात रासायनिक मल नै छैन ।रासायनिक मल नहुँदा किसानहरू अहिले उकुसमुकुस भएका छन् ।गेहुँ छर्ने बेलामा रासायनिक मलको अभावले किसानलाई पीडा भएको बेला बिचौलियाहरु रकम कमाउनमै व्यस्त रहेको बरेली किसानहरुले बताएका छन् ।भारतीय रासायनिक मल चर्को मुल्यमा किन्न बाराका किसानहरु बाध्य भएका छन् ।बाराको मटिअर्वा नाकामा दिनहुँ सयौं साईकल मोटरसाइकलबाट ल्याएको रासायनिक मल दोब्बरमा बेच्न बाध्य भएका छन् ।रासायनिक मलमा अहिले डि.ए.पी माँग अधिक रहेको कलैयाका किसान दिनेश साह तुराहाले बताउनुभयो ।अहिले गेहुँ छर्ने समयमा नेपालमा डि.ए.पी. पाउन मुश्किल भएको कलैयाका किसान साहले बताउनुभयो ।गेहुँमा अहिले डि.ए.पी.म्युरेट अफ पोटास ,सुपर फस्फेट ,जिंक सल्फेट ,एमोनियम सल्फेट लगायतका दिने भएकाले उक्त बजारमा सहज नभएकाले बाराका किसान चर्को मुल्यमा रासायनिक मल किन्न बाध्य भएको धान ब्लक सञ्चालक समितिका पुर्व अध्यक्ष एवम् अगुवा कृषक अशोककुमार यादवले बताउनुभयो ।अहिले कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमा रासायनिक मल नहुँदा बाराका किसान मारमा परेको अगुवा कृषक यादवले बताउनुभयो ।बाराको मटिअर्वा नाकामा अहिले प्रति बोरा डि.ए.पी.रु ४२००/- चार हजार दुई सय देखि लिएर ४५००/- चार हजार पाँच सम्म बिक्रीवितरण वितरण भईरहेको स्थानीय व्यापारीहरुले बताएका छन् ।मटिअर्वा ,निलकण्ठवा ,धर्मनगर ,बसतपुर ,शितलपुर ,विश्वम्भरपुर ,कलैया लगायतको ठाउँमा किसानहरुले चर्को मूल्य तिरेर रासायनिक मल किन्न बाध्य भएको बसतपुरका किसान फरिद मियाँले बताउनुभयो ।अहिले संघियताको देन नै हो कि किसान खाध समेत पाउन मुश्किल भएको छ।किसानको डाढ सेक्ने काम भएको बसतपुरका किसान मियाँले बताउनुभयो ।बाराको विभिन्न नाकाबाट भारतीय रासायनिक मल अाएपनि अापुर्ति हुन नसकेको खाध व्यापार गरेका उमेश साहले बताउनुभयो ।बाराको १६ पालिकामा रासायनिक मलको अभाव भएको छ ।तर सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण भएको छैन ,जनतासँग कसैको सरोकार नै छैन ।अहिले कृषि मन्त्री मधेसकै छन् तर पनि किसानको समस्या भन्दा अाफ्नै समस्या लागि परेको कलैयाका किसानहरूले बताएका छन् ।अहिले गेहुँ छर्ने उपयुक्त समय भएको महागढीमाई नगरपालिका -८ धर्मपुरका किसान सुरेन्द्र प्रसाद यादवले बताउनुभयो ।कृषि ज्ञान केन्द्र बारा तथा अन्य सरोकारवालाहरुको ध्यानाकर्षण भएको छैन ।अाम किसान सास्ती खेप्न बाध्य भएका बेला प्रदेश सरकार ,स्थानीय सरकार र केन्द्र सरकारले जनताको निम्ति कुनै काम नगरेको बाराका स्थानीय किसानहरुले बताएका छन् ।यूवामैत्री अाधुनिक प्रविधि प्रयोगद्वारा व्यावसायी उत्पादन बढाउने बेला यस्तो परिस्थिति यूवा किसानलाई चोट पुर्याएको बाराका यूवा किसानहरु बताएका छन् ।स्थानीय सरकारले रासायनिक मलको भागबण्डा लगाउने जिम्मा पाएपनि अहिले किसान लागि केही नगरी मुख ताक्नु बाहेक कुनै विकल्प नभएको बरेली किसानहरुको भनाइ रहेको छ ।यसतर्फ सम्बन्धित सरोकारवालाको ध्यान जानु जरुरी रहेको छ ।
प्रतिक्रिया