Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

केएमसीले बढी शुल्क मागेको विद्यार्थीहरुको गुनासो

२० मंसिर, काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)ले आफूहरुसँग बढी शुल्क असुल्न खोजेको एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले गुनासो गरेका छन् । ...

२० मंसिर, काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)ले आफूहरुसँग बढी शुल्क असुल्न खोजेको एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले गुनासो गरेका छन् । उनीहरुका अनुसार कलेज प्रशासनले होस्टल शुल्कलगायतका अनेक नाममा शिक्षण शुल्कबाहेक नै झण्डै २० लाख रुपैयाँ असुल्न खोजेको छ ।

चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कअनुसार एमबीबीएसका लागि उपत्यकाभित्र ४० लाख २३ हजार २५० रुपियाँ र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ छ । केएमसीले भर्ना हुँदा १३ लाख ४१ हजार रुपियाँ लिन्छ । त्यसपछि आठ लाख ९४ हजार ८४ रुपैयाँका दरले तीन किस्ता तिर्नुपर्छ ।

आयोगका अनुसार विद्यार्थी भर्ना भएपछि पहिलो किस्तावापत कुल शुल्कको एक तिहाइ र त्यसपछिका वर्षहरूमा क्रमशः बाँकी किस्ता बुझाउनुपर्ने हुन्छ । तर कलेज प्रशासनले दुई किस्ताको शुल्क एकैपटक बुझाउनुपर्ने भनेको छ ।

अनलाइनखबरको सम्पर्कमा आएका विद्यार्थीहरुका अनुसार कलेजले थप शुल्कको विवरण पनि थमाएको छ ।

विद्यार्थीलाई अनिवार्य छात्रावासमा बस्नुपर्ने भनेको छ । मेस शुल्क भनेर मासिक ६९८० रुपैयाँ तोकेको छ । होस्टल शुल्क भनेर मासिक १२ हजारका दरले साढे पाँच वर्षको एकमुष्ट ७ लाख ९२ हजार तत्काल बुझाउन भनिएको छ । होस्टल रजिष्ट्रेसन शुल्क २० हजार बुझाउनुपर्छ । एक विद्यार्थी भन्छन्, ‘खाना र बस्नको पनि फरक शुल्क तोकेको छ । इन्टरनेट चलाएको, लुगा धोएको छुट्टै रकम तिर्नुपर्छ रे ! यो त सिधा लुट भयो ।’

यातायातको वार्षिक शुल्क ३० हजार रुपैयाँ तोकिएको छ । जबकी कलेज र छात्रावासको दूरी पैदल १० मिनेट पनि छैन । काठमाडौं विश्वविद्यालय रजिस्टेसन शुल्क २५ हजार र नेपाल मेडिकल काउन्सिल रजिस्टेशन शुल्क ५ हजार तोकिएको छ ।

कलेजले अनेक नाममा तोकेको सबै शुल्क जोड्दा एमबीबीएस अध्ययन गर्दा झण्डै २० लाख रुपैयाँ बढी बुझाउनुपर्ने अवस्था आएको विद्यार्थीहरुको गुनासो छ ।

कलेजका प्रिन्सिपल राजीन्द्रनाथ श्रेष्ठ भने नियमभन्दा बाहिर गएर शुल्क नलिएको जिकिर गर्छन् ।

चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभित्र होस्टल, खाना, यातायात, विमा शुल्क खर्च समावेश्न नभएको भन्दै उनले भने, ‘हामीले चिकित्सा शिक्षा आयोगको ऐन र नियममा भएको दफामा टेकेर शुल्क लिएको हो । अरु केही पनि छैन ।’

होस्टेल चलाउन एकमुष्ट रकम आवश्यक परेकाले बोर्ड बैठकको निर्णय अनुसार विद्यार्थीहरुसँग मागिएको उनले बताए । होस्टल र खाना शुल्क छुट्टाछुट्टै किन भन्ने प्रश्नमा प्रिन्सिपल श्रेष्ठले भने, ‘होस्टल बस्नका लागि मात्रै हो । यहाँ कहाँ खाना बन्छ त ? त्यसको लागि मेसमा खानुपर्ने हुन्छ । मेसलाई त रकम बुझाउनुपर्छ ।’

शिक्षण शुल्क बाहेक अरुमा ठगिए : आयोग

चिकित्सा शिक्षा आयोगले भने विभिन्न कलेजबाट विद्यार्थीले बढी शुल्क लिएको गुनासो गरेको बताएको छ ।

गुनासोहरु सुन्दा शिक्षण शुल्क बाहेकका शीर्षकमा विद्यार्थीहरु ठगिएको पाइएको भन्दै आयोगका सूचना अधिकारी सेमन्तराज कोइरालाले भने, ‘हामीले शिक्षण शुल्क तोकेका छौं । त्यो भन्दा बाहेक होस्टल, खाना बस्नको लागि हामीले तोक्न मिल्दैन । त्यहीँ विद्यार्थी ठगिएका छन् भन्ने हाम्रो पनि बुझाइ छ ।’

विद्यार्थी, अभिभावकले ठगिएको विषयमा सम्बन्धित निकायलाई उजुरी दिन सक्ने भन्दै सूचना अधिकारी कोइरालाले भने, ‘हामी पनि आवश्यक निर्णय गर्छौं । सबैको साथ र सहयोग भयो भने विद्यार्थीलाई ठगी हुनबाट जोगाउन सक्छौं ।’



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content