Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

‘नक्कली धितोमा १९ करोड ऋण दिँदा सीईओकै संलग्नता’

१ मंसिर, काठमाडौं । नक्कली धनीपुर्जा धितो राखेर कुमारी बैंकले १९ करोड रुपैयाँ लगानी गरेको प्रकरणमा प्रारम्भिक अनुसन्धानले कार्यबाहक प्रमुख क...

१ मंसिर, काठमाडौं । नक्कली धनीपुर्जा धितो राखेर कुमारी बैंकले १९ करोड रुपैयाँ लगानी गरेको प्रकरणमा प्रारम्भिक अनुसन्धानले कार्यबाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमल्सिनाको संलग्नता देखिएको छ ।

प्रारम्भिक अनुसन्धानले कार्यबाहक सीईओको रुपमा रहेका तिमल्सिनाको संलग्नता देखिएको नेपाल राष्ट्र बैंकको उच्च स्रोतले बताएको छ । बैंकहरुमा सानो परिमाणको ऋण बैंकको शाखा कार्यालयले नै स्वीकृत गर्ने र ठूलो परिमाणको ऋण बैंकको प्रधान कार्यालयबाट मात्रै स्वीकृत हुने गरेको छ ।

२० करोड रुपैयाँ ऋण लगानी गर्दा भने सञ्चालक समितिको स्वीकृति लिने प्रचलन छ । ‘यो ऋण पनि सीईओको टेबुलसम्म पुगेर स्वीकृत भएको प्रारम्भिक अध्ययनले देखाउँछ, अहिले अध्ययन प्रारम्भिक चरणमै छ’ राष्ट्र बैंक सुपरीवेक्षण विभागका एक अधिकृत भन्छन्, ‘यसमा अरु को-को संलग्न थिए भन्ने विषयमा पनि विस्तृत अनुसन्धान भइरहेको छ ।’

गायक योगेश्वर अमात्यको नाममा रहेको बाराको १२ बिघा जमिनको नक्कली लालपुर्जा धितो राखेर कुमारी बैंकबाट १९ करोड रुपैयाँ ऋण लिइएको घटना हालै सार्वजनिक भएको थियो ।

एसके महर्जन र मुक्तिलाल गौतम जग्गाधनी बनेर ऋण लिइएको थियो । जग्गा बाराको भएपनि ऋण भने काठमाडौंको न्यूरोड शाखाबाट लगानी भएको छ । ठूलो रकम भएकाले प्रधान कार्यालयले स्वीकृत गरेर पठाएपछि न्यूरोड शाखाले ऋण दिएको हो ।

ऋण लिनका लागि सम्बन्धित पालिकाबाट चारकिल्ला प्रमाणित कागजात समेत लिनुपर्छ । नापी कार्यालयबाट जग्गाको ट्रेस लिएर सबै कागजातहरु पूरा भएपछि मालपोतमा जग्गा रोक्का हुनुपर्छ । वडाको चार किल्ला सक्कली हो कि नक्कली हो भन्ने विषयमा भने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

राष्ट्र बैंकका अधिकारीहरुका अनुसार नापी कार्यालयबाट जग्गाको नक्सा लिन ऋण दिने बैंकको पत्र चाहिन्छ । बैंकको पत्र पछि मात्रै नापी कार्यालयले नक्सा उपलब्ध गराउने हो । जग्गा रोक्का गर्न जग्गाधनीसँगै बैंकको पत्र लिएर बैंकको कर्मचारीसमेत सँगै जानुपर्ने हुन्छ । यसर्थ, बैंकको मिलेमतो बिना नक्कली लालपुर्जा बनाउन सम्भव छैन ।

अहिले प्रहरीले शाखाका तल्लो तहमा काम गर्ने कर्मचारी र नक्कली जग्गा धनीलाई मात्रै पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । तर राष्ट्र बैंकले भने कुमारी बैंकका कार्यबाहक सीईओ तिमिल्सनालाई केन्द्रमा राखेर अनुसन्धान गरिरहेको बताएको छ ।

‘बैंकको कसै न कसैसँगको सहकार्य बिना जग्गा रोक्का भएको कागजात होस या नक्सा तयार हुनै सक्दैन, यसकारण बैंकका कोही कर्मचारी दोषी पक्कै छन्’ ती अधिकारी भन्छन्, ‘अहिले पक्राउ परेका कर्मचारी भनेको जुनियर असिस्टेन्ट हो, त्यति तलको कर्मचारीको मात्रै संलग्नतामा यति ठूलो बदमासी भएको भन्न सकिन्न ।’

राष्ट्र बैंकका अनुसार नक्कली धितोमा कर्जा प्रवाह भएको विषय बाहिर नआउँदै बैंकले ऋण असुली गरिसकेको छ । तर ऋण असुली भएको आधारमा गल्ती गर्नेलाई माफी भने हुँदैन । कार्यबाहक सीईओको संलग्नता आशंका गर्ने ठाउँ अर्को पनि रहेको राष्ट्र बैंकको अनुमान छ । नक्कली धितोमा ऋण लगानी भएको विषमा कुमारी बैंकले राष्ट्र बैंकलाई जानकारी नै गराएको छैन ।

राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेल सञ्चारमाध्यमा आएपछि राष्ट्र बैंकले यो विषय जानकारी पाएको बताउँछन् । लामो समयसम्म पनि बैंकले जानकारी नगराएपछि राष्ट्र बैंक आफैंले अनुसन्धान शुरु गरेको हो । कार्यबाहक सीईओसहित बैंकका उच्च अधिकारीसँग राष्ट्र बैंकले सोधपुछ गरिरहेको छ ।



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content