Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

हत्याको आरोपमा ‘दरिन्दे खुंखार समूहका पाँच जना पक्राउ

वीरगंज, १६ असोज । शिवम (गोल्डेन) साह कानुको हत्यामा संलग्न रहेको आरोपमा पाँच जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको जनाएको छ । ...

वीरगंज, १६ असोज । शिवम (गोल्डेन) साह कानुको हत्यामा संलग्न रहेको आरोपमा पाँच जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको जनाएको छ ।
बिहीवार जिल्ला प्रहरी कार्यालय, पर्सामा पत्रकार सम्मेलनको आयोजना गरी गत असोज १४ गते राति  दशैंको अष्टमीका दिन वीरगंज महानगरपालिका वडा नं. १०, गीता मन्दिर नजिकै भएको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको हो ।
बारा जिल्ला परवानीपुर गाउँँपालिका वडा नं. ९ भइ हाल वीरगंज–१० मा बस्दै आएका गोल्डेनको हत्यामा संलग्न रहेको आरोपमा १९ वर्षीय गौतम पटेल, २० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमिरी पटेल भन्ने करण प्रसाद पटेल, २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँचै जना वीरगंज महानगरपालिका वडा नं. २४ रामगढवा निवासी हुन् ।
आफूलाई 'कुख्यात प्रदर्शन गर्ने (ग्याङस्टर) बताउने युवाहरूको होडबाजी र पुरानो रिसइबी साध्ने प्रतिशोधका कारण गोल्डेनको हत्या भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
वीरगंजमा दशैंको मेला लाग्ने क्रममा गत असोज १४ गते राति करिब ११ः३० बजे अपरिचित व्यक्तिहरूबीच झैझगडा भएको थियो ।  कुटपिटबाट गम्भीर घाइते भएका अन्दाजी २४ वर्षीय शिवम साह कानू (गोल्डेन)लाई तत्काल नारायणी अस्पताल पुर्याइए पनि उपचारकै क्रममा राति ११ः५० बजे उनलाई मृत घोषणा गरिएको थियो ।
प्रहरी अनुसन्धानका क्रममा मृतक गोल्डेन र विपक्षी समूहबीच विगतमा समेत झैझगडा हुने गरेको खुलेको छ। घटनाको दिन गोल्डेन गहवामाईको मेला हेर्न गएको मौका छोपी पुरानो रिसइबी साध्नका लागि विपक्षी समूहका युवाहरूले उनलाई एक्लै पारेर आक्रमण गरेका थिए। प्रहरीका अनुसार आरोपीहरूले हात, मुक्काका साथै बाँसका भाटा समेत प्रहार गरी उनको हत्या गरेका थिए।

घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी उपरीक्षक सुदीप राज पाठकको कमाण्डमा खटिएको प्रहरी टोलीले सीसीटीभी फुटेज, भिडियो रेकर्ड र सीडीआर विश्लेषण लगायतका प्रविधि प्रयोग गरेर आरोपीहरूको पहिचान गरेको थियो। पक्राउ परेका पाँचै जनामाथि जिल्ला प्रहरी कार्यालय पर्साबाट 'ज्यानसम्बन्धी कसूर' मा थप अनुसन्धान भइरहेको छ। पोस्टमार्टमपछि मृतकको शव उनका बुवा राजन साह कानूले बुझी लगेको प्रहरीले जनाएको छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content