Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

दिगो विकासका लागि नेता खोज्ने होइन, आफैं नेता बन्नुपर्छ– प्रवक्ता चन्द

रौतहट, १ भदौ । राष्ट्रिय नागरिक संघर्ष समितिका केन्द्रीय प्रवक्ता हिरा बहादुर चन्दले मुलुकलाई निकास दिन संविधान २०४७ पुनरस्थापना बाहेक अर्को...

रौतहट, १ भदौ । राष्ट्रिय नागरिक संघर्ष समितिका केन्द्रीय प्रवक्ता हिरा बहादुर चन्दले मुलुकलाई निकास दिन संविधान २०४७ पुनरस्थापना बाहेक अर्को विकल्प नरहेको बताउनुभएको छ ।
रौतहट जिल्लास्थित शिवनगरमा आइतवार राष्ट्रिय नागरिक संघर्ष समितिले आयोजना गरेको आन्तरिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता चन्दले काण्डै–काण्डले भरिएको वर्तमान व्यवस्थाले मुलुकको समृद्धि र राष्ट्रिय अखण्डतामा बाधक भएको पुष्टि भइसकेकोले अब हिन्दु अधिराज्य र राजसंस्थासहितको संविधान २०४७ पुनरस्थापनाको विकल्प नभएको बताउनुभयो ।
उहाँले संघर्ष समितिको तत्कालीन तथा दीर्घकालीन रणनीतिबारे प्रष्ट पार्दै व्यवस्था परिवर्तनपछि दिगो विकासका लागि नेता खोज्ने होइन, आफैं नेता बन्नुपर्ने धारणा राख्नुभयो ।
प्रशिक्षणमा सहभागीहरुलाई उहाँले वडा स्तरदेखि नै 'नेपाली मन र नेपालीपन' भएको २१ सदस्यीय समूह निर्माण गरी, हाम्रा होइन राम्रा व्यक्तिहरूलाई अगाडि ल्याउनुपर्ने बताउनुभयो ।
सम्बोधनका क्रममा प्रवक्ता चन्दले राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्थाको मुद्दा बोके पनि आन्दोलन किन र कसरी तुहियो भन्ने कुरा अब जगजाहेर भइसकेको बताउनुभयो । उहाँले राप्रपाको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको अवधारणाको औचित्यमाथि समेत प्रश्न खडा गर्नुभयो ।
उहाँले २०४७ सालको संविधानबाहेक अर्को विकल्प नभएको भन्दै राजा र तत्कालिक दलहरूबीच भएको ५ बुंदे समझदारीलाई आधार बनाएर मात्र नागरिक विद्रोहको जगमा हिन्दू अधिराज्य नेपालको संविधान पुनः जारी हुनुपर्छ भन्नुभयो ।
संघर्ष समितिका रौतहट जिल्ला अध्यक्ष तेज नारायण यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानीय समाजसेवी डा. नन्द किशोर झाले राजाको पालामा भएको विकास नै राष्ट्रको उन्नति थियो र २०४७ सालको संविधानले मात्र मुलुकलाई जोगाउन सक्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले देश नरहे नागरिकको अस्तित्व नै समाप्त हुने चेतावनी दिँदै हिन्दू अधिराज्य कायम गरी राष्ट्रलाई बचाउन सम्पूर्ण नागरिकलाई एकताबद्ध हुन आव्हान गर्नुभयो ।
त्यसैगरी प्रशिक्षक संघर्ष समितिका केन्द्रीय सदस्य डा. राजीव झाले १७ हजार नेपालीलाई मारेर बन्दुकको दबाब र विदेशी शक्तिको प्रभावमा जनभावना विपरीत लादिएको व्यवस्थाले मुलुकलाई बिकृति र काण्डको दलदलमा धकेलेको आरोप लगाउनुभयो ।
उहाँले आयातित २०७२ सालको संविधानलाई अवैध र विवादित ठहर गर्दै मुलुक विखण्डनको संघारमा पुगेको चेतावनी पनि दिनुभयो । देश बचाउने जिम्मेवारी सम्पूर्ण राष्ट्रवादी जनताको काँधमा आएको भन्दै उहाँले सबैलाई एकताबद्ध भई नागरिक विद्रोहमा सहभागी हुन आव्हान गर्नुभयो ।
प्रशिक्षण कार्यक्रममा संघर्ष समितिका केन्द्रीय सदस्यहरु दीक्षा राणा शाह, त्रीपेश विक्रम शाह लगायत रौतहट जिल्लाका पालिकाहरुबाट  उल्लेख्य सहभागिता रहेको थियो । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content