अजय यादव वियोगी
कलैया ,बारा
"
मधेस प्रदेशकै उत्कृष्ट पालिका ,बाराको पचरौता नगरपालिका र मधेस प्रदेशकै उत्कृष्ट मेयर एवम् प्रखर वक्ता जलन्धर सिँह नेतृत्वमा जमुनी नदीबाट पानी निकाल्ने काम सम्पन्न भएको छ।जमुनि सिंचाइ बाँधपछि हजारौं किसान लाभान्वित हुने भएकाले मिसन बनाएर महिनौं देखि सो नदीमा काम भईरहेकोमा अन्तिम चरणमा आएर किसानको खेतमा पानी पुर्याउने काम हुन लागेको पचरौता नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर -५ का वडाध्यक्ष लक्ष्मी यादवले बताउनुभयो ।दिनरात नभनि पचरौता नगरपालिकाको सहयोगमा सरोकारवालाहरुको साथले खडेरी परेको बेला पानी किसान सम्म पुर्याएर किसानको चेहरा खुशी बनाउन मेयर साहेब लगायत पुरै टिम लागेकोले सो काम सम्भव भएको प्रवक्ता यादवले बताउनुभयो ।पचरौता नगरपालिकामा अहिले खानेपानी र सिंचाईको पानीका लागि नगरपालिका विपत्त व्यवस्थापनमा फास्ट्र ट्रेकको रुपमा काम गरिरहेको पनि वहाँले बताउनुभयो ।पानी छेक्ने अर्थात पानी पुर्याउने कार्यक्रममा पचरौता नगरपालिकाका शिक्षा शाखा सह-संयोजक मुकेश कुमार पटेल ,लगायत नगरपालिकाका अन्य कर्मचारीहरुको विशेष सहभागिता रहेको थियो।
प्रतिक्रिया