Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

शिक्षक आन्दोलनले पठनपाठन अवरूद्ध हुनु हुँदैन– पालिका प्रमुखहरू

वीरगंज, ७ वैशाख । पर्साको १४ वटै पालिकाका प्रमुखहरू विद्यार्थी भर्ना अभियान प्रभावित हुन नदिने प्रतिबद्धता जनाएका छन् । शिक्षकको काठमाडौं क...

वीरगंज, ७ वैशाख । पर्साको १४ वटै पालिकाका प्रमुखहरू विद्यार्थी भर्ना अभियान प्रभावित हुन नदिने प्रतिबद्धता जनाएका छन् ।
शिक्षकको काठमाडौं केन्द्रित आन्दोलनबाट विद्यार्थीहरुको पठनपाठन अवरुद्ध भएपछि पालिका प्रमुखहरु सक्रिय भएका हुन् ।  
सरकारले यही वैशाख २ देखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान चलाउने भनेको भए पनि शिक्षक आन्दोलनका कारण प्रभावित हुन पुगेकाले अबदेखि प्रभावित हुन नदिन बैशाख ८ गतेदेखि १५ गतेसम्म जिल्लाभर भर्ना अभियान संचालन गराउन पर्साका सबै पालिका प्रमुखहरू एकमत भएका हुन् ।
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको कार्यकक्षमा बसेको जिल्ला स्थित पालिका प्रमुखहरूको बैठकले तत्काल भर्ना अभियान चलाउन सम्बन्धित पालिकाका विद्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
जस्तोसुकै आपत विपत र संकटको अवस्थामा समेत विद्यार्थीहरूको सिक्न पाउने अधिकारलाई सुनिश्चित गर्नु पर्नेमा शिक्षकहरू विद्यालय नै बन्द गरेर आन्दोलनमा उत्रिँदा विद्यार्थीहरूको पठन पाठन बन्चित हुने भएकाले भर्ना अभियानलाई यथासिघ्र अघि बढाउन पालिका प्रमुखहरू नै सक्रिय हुनु परेको हो ।
पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले विद्यालयमा ताला लागेर विद्यार्थी पठन पाठनबाट बन्चित भएको हेरेर बस्न उचित नभएको भन्दै तत्काल भर्ना अभियानलाई अघि बढाएर पठन पाठन शुरू गराउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले शिक्षकहरूले आफ्ना माग राख्न पाउने अधिकार भए पनि विद्यार्थीको पठन पाठन रोक्नु जायज नभएको बताउँदै आन्दोलनलाई उनीहरूले रचनात्मक बनाउन जरूरी रहेको बताउनुभयो ।
यस्तै जगरनाथपुर गाउँँपालिकाका अध्यक्ष श्रीकान्त यादवले शिक्षकहरूले संविधान विपरितका केही मागहरू पनि अघि सारेको भन्दै ती माग बाहेक उनीहरूको आन्दोलनप्रति आफूहरूको समर्थन रहने पनि स्पष्ट पार्नुभयो ।
बैठकमा ठोरी गाउँँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले शिक्षकको आन्दोलनका कारण विद्यार्थीहरू  पठन पाठनबाट बन्चित भए पनि अपजस आफूहरूलाई नै आउने भएकाले अहिले नै सचेत भएर विद्यालय संचालन गर्ने उपाय खोज्न जरूरी रहेको बताउनुभयो ।
नेपालको संविधानले समेत आधारभूत र माद्यमिक तहसम्मको अधिकार स्थानीय तहलाई दिएकाले त्यसको प्रभावकारी कार्यान्वयनका लागि विद्यार्थी भर्ना अभियान कार्यक्रम घरघरमा पुग्ने गरी संचालन गराउन सबै पालिका प्रमुखहरू एक भएको वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताउनुभयो ।  
जस्तो सुकै आपत विपत र संकटको अवस्थामा समेत विद्यार्थीहरूको सिक्न पाउने अधिकारलाई सुनिश्चित गर्नको लागि विद्यालयलाई शान्ति क्षेत्रको रूपमा घोषणा गरी कार्यान्वयन हुँदै आएको अवस्था छ । विद्यालय शान्ति क्षेत्र घोषणा गरेर त्यही अनुरूप कार्य हुँदै आएकोमा यसको प्रमुख कार्यान्वयनकर्ता नै विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिनु जायज नभएको पनि उहाँले बताउनुभयो । आन्दोलनका कार्यक्रम परिमार्जन गरी विद्यालय संचालन हुने वातावरण बनाउन आग्रह गर्दै उहाँले सामुदायिक विद्यालय विद्यार्थी विहीन हुने अवस्था आउन नदिन ख्याल गर्न सम्बन्धीत सबैलाई सचेत गराउनुभयो ।
बैठकमा जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख हरि राउतले काठमाण्डौ केन्द्रित शिक्षकहरूको आन्दोलनमा प्रतिनिधिमुलक शिक्षकहरू मात्रै अहिले पनि उपस्थिति भइरहेको र ६० प्रतिशत भन्दा बढी शिक्षकहरू गाउँँघरमै रहेकाले उनीहरू आफै जिम्मेवार भएर विद्यालय संचालन गर्नु पर्ने बताउनुभयो ।  
बैठकमा महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठक, पोखरीया नगरपालिकाका प्रमुख पधुम्न चौहान, बहुदरमाई नगरपालिकाका प्रमुख सिंगासन सा तेली, छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार, जगरनाथपुर गाउँँपालिकाका अध्यक्ष श्रीकान्त यादव, ठोरी गाउँँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ, विन्दवासिनी गाउँँपालिकाकी उपाध्यक्ष ज्योती देवी चौरसिया, जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख हरि राउत लगायत पालिकाका शिक्षा प्रमुखहरूको उपस्थिति रहेको थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content