Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बालक हत्याको आरोपमा चारजना पक्राउ

रौतहट, १४ वैशाख । रौतहटमा १४ वर्षीय बालकको हत्या आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । वृन्दावन नगरपालिका–७ का कृष्णप्रसाद यादवको हत्या...

रौतहट, १४ वैशाख । रौतहटमा १४ वर्षीय बालकको हत्या आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
वृन्दावन नगरपालिका–७ का कृष्णप्रसाद यादवको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने मुख्य अभियुक्त २५ वर्षीय नागेन्द्र सहनी र सहायक अभियुक्त २२ वर्षीय साधुलाई पक्राउ गरेको हो । त्यसैगरी मृतकको मोटरसाइकल खरिद गर्ने गौर नगरपालिका–४ का विकास पटेल र मोटरसाइकल टुक्रा पार्ने ग्यारेजवाला अनिल साहलाई पनि प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार कृष्णप्रसाद यादव गत वैशाख ६ गते बीआर०५डब्लू०१३७ नम्बरको मोटरसाइकल लिएर घरबाट निस्केका थिए । तर, उनी घर नफर्केपछि ९ गते प्रहरी कार्यालय गरूडामा खोजतलासका लागि परिवारले निवेदन दिएको थियो ।
प्रहरीले खोजतलास गर्दा ११ गते रौतहटको गरूडा नगरपालिका–८ स्थित चाँदी खोलामा छाती र पेटमा गोली लागेको अवस्थामा यादवको शव फेला परेको थियो । प्रहरी अनुसन्धानमा नागेन्द्र सहनी र मृतक यादवको परिवारपछि पुरानो रिसिइबी रहेको र त्यसैको रिसमा उनीहरूले हत्या गरेको खुलेको थियो ।
नागेन्द्र सहनीको भतिजी मृतकको बुबाको इँटा भट्टामा डुबेर मृत्यु भएको थियो । यो विषयमा आफ्नो भतिजीलाई मारेको भनेर सहनीको परिवारको आरोप लगाएको थियो । यसैगरी, ३ वर्षअघि मृतक यादवको बुबालाई अपहरण गरेको भनेर नागेन्द्र सहनीको दाइ धर्मेन्द्र सहनीमाथि अपहरण मुद्दा चलेको थियो । उनी हालसम्म फरार रहेका छन् ।
प्रहरीका अनुसार घटनाको दिन नागेन्द्र र साधुले टिकटक बनाउनको लागि मृतक यादवलाई मोबाइलमा फोन गरी गरूडा नगरपालिका–८ स्थित चाँदी खोलामा बोलाएका थिए । यादव त्यहाँ पुगेपछि दुर्ई जना मिलेर उनलाई नियन्त्रणमा लिई उनको मोबाइल खोसेका थिए । त्यसपछि सोही मोटरसाइकलमा तीनै जना बसी बिचमा यादवलाई बसाएर चाँदी खोलामा पुगेका थिए ।
घटनास्थलमा पुगेपछि साधुले मृतक यादवलाई धकेली लडाएका थिए र नागेन्द्रले उनीमाथि छातीमा २ राउण्ड गोली प्रहार गरेका थिए । वारदातपछि दुवै प्रतिवादीहरू मृतककै मोटरसाइकल लिएर साधुको रौतहटकै दुर्गा भगवती गाउँँपालिका–५ स्थित बहिनी ज्वाइँको घरसम्म पुगेका थिए ।
उनीहरूले सो घरभित्र टिनको बाकसमा पेस्तोल लुकाएका थिए भने मोटरसाइकलको नम्बर प्लेट भाँची माटोमा गाडेर मोटरसाइकल भने सोही घरमा छाडेका थिए । त्यसपछि भोलिपल्ट बिहान दुवै जना पुनः बहिनी ज्वाइँको घरमा पुगेर मोटरसाइकल लिई विकास पटेललाई ५ हजार रुपियाँँमा बेचेका थिए । सो मोटरसाइकल गौरको मोटरसाइकलबाट बरामद गरिएको थियो ।
प्रारम्भिक अनुसन्धानपछि प्रहरीले ४ जनामाथि कर्तव्य ज्यान मुद्दामा ७ दिन म्याद थप गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content