Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

सशस्त्र प्रहरी देश र राष्ट्रको सुरक्षामा तत्पर– बाहिनीपति धौवजी

वीरगंज, ७ वैशाख । सशस्त्र प्रहरी बल नेपाल, छिन्नमस्ता बाहिनी मधेस प्रदेशका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदास धौवजीले सशस्त्र...

वीरगंज, ७ वैशाख । सशस्त्र प्रहरी बल नेपाल, छिन्नमस्ता बाहिनी मधेस प्रदेशका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदास धौवजीले सशस्त्र प्रहरी बलले देश र राष्ट्रको सुरक्षामा तत्पर रहेको बताएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले १८ औं स्थापना दिवसको अवसरमा "शान्ति, सुरक्षा र प्रतिबद्धता" नाराका साथ आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सीमा क्षेत्रमा हुने अवैध चोरी, तस्करी नियन्त्रण तथा विपद् जोखिममा उद्धार र राहत वितरणमा सशस्त्र प्रहरीले सक्रिय भूमिका निर्वाह गरेको बताए ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शुभकामना व्यक्त गर्दै शान्ति सुरक्षा, सीमा सुरक्षा, अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले निर्वाह गरेको विशेष भूमिकाको प्रशंसा गरे ।
सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण हेडक्वार्टर पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले गणले १८ वर्षको अवधिमा हासिल गरेका कार्यप्रगति र उपलब्धिहरूबारे जानकारी गराएका थिए ।
स्थापना दिवसको अवसरमा अमर सशस्त्र प्रहरीका परिवार, विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट भएका खेलाडीहरू र सहयोगी दाताहरूलाई, समाजसेवीहरू लाई कदरपत्रसहित सम्मान गरिएको सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र सिंहले जानकारी गराए । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content