Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

हरिहरपुरमा भलिबल प्रतियोगिता २०८१ सम्पन्न : हरिहरपुर टिम विजय"

दिपेन्द्र चौधरी सहनी  पर्सा ,बिरगंज हरिहरपुरमा भलिबल प्रतियोगिता २०८१ सम्पन्न : हरिहरपुर टिम विजय" पर्सा जिल्लाको हरिहरपुरमा आयोजित ...
दिपेन्द्र चौधरी सहनी 
पर्सा ,बिरगंज


हरिहरपुरमा भलिबल प्रतियोगिता २०८१ सम्पन्न : हरिहरपुर टिम विजय"
पर्सा जिल्लाको हरिहरपुरमा आयोजित "कार्यपालिका सदस्य रिना देवी प्रथम भलिबल प्रतियोगिता २०८१" भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा विभिन्न नेपाली तथा भारतीय टिमहरूले सहभागिता जनाएका थिए। पाँच दिनसम्म चलेको यस रोमाञ्चक प्रतिस्पर्धामा हरिहरपुर टिम विजयी भएको छ भने आस्वारी क्लब उपविजेता बन्न सफल भयो।
कार्यक्रमको सभापतित्व श्री वासदेव तिवारी ले गरेका थिए भने प्रमुख अतिथिका रूपमा माननीय श्री रमेश रिजाल उपस्थित थिए। साथै, विशिष्ट अतिथिको रूपमा शंकर चौधरी (क) विद्या प्रदेश, रमेश पाण्डेय, श्याम किशोर पटेल, अशोक कुमार रौनियार,वडा अध्यक्ष राज किशोर,बन्धु साह, देवेन्द्र प्रसाद पटेल, गणेश मुखिया, रामअशिष,इसरायल, गया यादव, सोनालाल प्रसाद, अब्बास मियाँ,वडा नं-५ को वडा अध्यक्ष मनौवर अहमद,धर्मेन्द्र कुमार पटेल तथा जिल्ला सदस्यहरू विरेंद्र पटेल, सम्भु राम, कमल ठाकूर, गणेश साही, र मुन्ना पटोल को उपस्थिति रहेको थियो।प्रतियोगिताको पहिलो दिन महुवन क्लब (नेपाल) र सेनियर विश्वास क्लब (बेतिया, भारत) बीच प्रतिस्पर्धा भयो। दोस्रो दिन पारा क्लब (वेतिया, भारत) र धोबिनी भलिबल टिम (नेपाल) तथा जुनियर विश्वास क्लब (बेलिया) र हरिहरपुर अलिबेलबीच रोमाञ्चक खेलहरू सम्पन्न भए। तेस्रो दिन पहिलो सेमिफाइनलमा आसवारी क्लब (नेपाल) टिमले सिवान क्लब (भारत) लाई ३-२ को सेट अन्तरले पराजित गर्यो। चौथो दिन दोस्रो सेमिफाइनलमा सेनियर विश्वास क्लब (वेतिया) र अन्य टिमबीच प्रतिस्पर्धा भएको थियो।फाइनल खेल २०८१ साल फागुन २० गते सम्पन्न भयो, जहाँ हरिहरपुर टिमले आस्कार क्लबलाई ३-१ को सेट अन्तरले पराजित गर्दै उपाधि हात पार्यो। विजेता टिमलाई नगद रु. ६०,०००/- (करसहित) र ट्रफी प्रदान गरियो भने उपविजेता टिमलाई रु. ३०,०००/- (करसहित) र ट्रफी प्रदान गरिएको आयोजक कमिटीले श्री  गढीमाई राष्ट्रिय दैनिकलाई बताएका छन् ।प्रतियोगिताको आयोजना श्रेया स्किल एण्ड क्षमता विकास प्रा०ली० ले गरेको थियो भने धोबिनी गाउँपालिका पर्साको विशेष सहयोग रहेको थियो। दर्शकहरूको उल्लेखनीय उपस्थिति र खेलाडीहरूको उत्कृष्ट प्रदर्शनले प्रतियोगितालाई निकै उत्साहजनक बनायो। यस प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेल्ने अवसर प्रदान गर्ने विश्वास लिइएको छ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content