अजय यादव वियोगी
कलैया ,बारा ।
बाराको प्रसिद्ध हेल्पिङ्ग हैण्ड युथ सोसाइटी संस्थाको अायोजनामा बिधार्थीहरुलाई मनोबल बढाउने कार्यक्रम उत्प्रेरणा कार्यक्रम करैयामाई गाउँपालिका -७ उमजन माध्यमिक विधालयमा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष राजकुमार गुप्ता उर्फ राज गुप्ताको अध्यक्ष्ातामा भएको कार्यक्रममा प्रमुख अतिथि करैयामाई गाउँपालिका उपाध्यक्ष सुनैना देवी चौधरी रहेकि थिईन ।विशिष्ट अतिथिहरु शिक्षा सह-संयोजक उमेश प्रसाद यादव ,मावि विधालयका प्रधानाध्यापकहरु तथा अन्य विशिष्ट गण रहेका थिए ।कार्यक्रममा प्रशिक्षण प्रदिप कुमार साह र चन्द्रिका पटेल दिनुभएको थियो । करैयामाई गाउँपालिकामा रहेको ४ माविका सयौं बिधार्थीहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा सहयोग गरेका सबैलाई सम्मान गरिएको थियो ।कार्यक्रमबाट प्रभावित भई सहभागीहरु भावुक समेत हुनु भएको थियो ।
प्रतिक्रिया