Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

पत्रकार महासंघ पर्साद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

वीरगंज, १८ चैत । पत्रकार सुरेश रजकको हत्यारा र सञ्चार गृहमा भएको तोडफोड र आजगनीका घटनाका दोषीहरूलाई कारबाहीको माग गर्दै पर्साका सञ्चारकर्मी...

वीरगंज, १८ चैत ।
पत्रकार सुरेश रजकको हत्यारा र सञ्चार गृहमा भएको तोडफोड र आजगनीका घटनाका दोषीहरूलाई कारबाहीको माग गर्दै पर्साका सञ्चारकर्मीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाको अगुवाईमा सोमवार जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
पत्रकार महासंघ पर्साका सचिव विजय चौहानले बुझाएको उक्त ज्ञापनपत्रमा आन्दोलनमा मारिएका पत्रकार रजकको हत्याको छानबिन गरी हत्यारालाई कारबाही गर्न, घाइते पत्रकारहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाउन, सञ्चारगृहरूमा भएको तोडफोड र आगजनीमा संलग्नहरूलाई कारबाही गर्न तथा त्यसको उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ । माग सम्बोधन नगरिए पत्रकार महासंघ पर्साको अगुवाईमा जिल्लाका सम्पूर्ण पत्रकारहरू आन्दोलनमा उत्रिने चेतावनी समेत पत्रकार महासंघ पर्साले दिएको छ ।

प्रमुख जिल्ला अधिकारी अर्यालले तपाईहरूको माग म सम्बन्धित माथिल्लो निकायमा पुर्याउने बताउँदै स्थानीय प्रशासनसहित सरकार पत्रकारहरूको साथमा रहेको बताए  । ज्ञापनपत्र बुझाउन गएको टोलीमा प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरञ्जन मिश्र, नेपाल प्रेस युनियन पर्साका उपाध्यक्ष क्रान्ति शाह, तुलसी भण्डारीलगायतको सहभागीता रहेको  थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content