श्री गढीमाई संवाददाता
" बाराको उत्कृष्ट मेयर एवम् प्रखर वक्ता जलन्धर सिँह द्वारा बिहारको राजधानी पटनामा रहेको महावीर मन्दिरमा पुजाअर्चना सम्पन्न "


बाराको उत्कृष्ट नगरपालिका पचरौता नगरपालिकाका मेयर एवम् प्रखर वक्ता जलन्धर सिँह सहितको टोलीले भारतको बिहार राज्यको पटनामा रहेको प्रसिद्ध मन्दिर महावीर मन्दिरमा पुजापाठ सम्पन्न गरेका छन् ।बिहार राज्यको राजधानी पटना पुगेका उत्कृष्ट मेयर सिँहले सो मन्दिरमा पुगि पुजा अर्चना गरेका छन् ।पचरौताबासीको सुख ,शान्ति ,समृद्धिको कामनाको निम्ति पुजापाठ गरिएको उत्कृष्ट मेयर सिँहको सचिवालयले जानकारी दिएका छन्।सो अवसरमा पचरौता नगरपालिका वडा नम्बर -५ का वडाध्यक्ष एवम् प्रवक्ता लक्ष्मी यादव ,शिक्षा सह-संयोजक मुकेश कुमार पटेल लगायतको सहभागिता रहेको थियो ।पटनाको विभिन्न ठाउँको भ्रमण गरि पचरौता नगरपालिकामा हुने गरेको विकास निर्माणमा पनि स्तर उन्नतिका लागि काम गर्न सकिने पनि नगरपालिकाका प्रवक्ता लक्ष्मी यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।केही दिनको लागि बिहारको राजधानी पटनाको भ्रमण गरेको प्रवक्ता यादवले बताउनुभयो।
प्रतिक्रिया