अजय मिश्र कपिलवस्तु "सशस्त्र प्रहरी कृष्णनगर द्वारा १५ लाख बराबरको चुरोट बरामद" भारतबाट भन्सार छलेर ल्याइएको १५ ...
अजय मिश्र
कपिलवस्तु
कपिलवस्तु
"सशस्त्र प्रहरी कृष्णनगर द्वारा १५ लाख बराबरको चुरोट बरामद"
भारतबाट भन्सार छलेर ल्याइएको १५ लाख रुपैयाँ बराबरको चुरोट सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ । अस्ति साँझ कृष्णनगर न.पा–२ स्थित ब्यारियर चेकपोस्टमा चेकजाँच गर्ने क्रममा सशस्त्रले काठमाडौँ जाँदै गरेको लु. २ ख ६५४१ नम्बरको डिलक्स बसको डिक्कीबाट उक्त चुरोट फेला पारेको बताइएको छ ।सशस्त्र प्रहरी सहायक निरीक्षक गगन बलामी मगरको नेतृत्वमा खटिएको टोलीले रिचमण्ड तीन हजार प्याकेट, म्यानचेस्टर एक हजार प्याकेट र एल एण्ड बी एक हजार प्याकेट चुरोट बरामद गरेको हो । कृष्णनगरबाट काठमाडौँको लागि छुटेको पश्चिमाञ्चलको गाडीमा प्रायः सामान तस्करी हुने गरेको बताईएको छ ।कपडा,चिनी, गाडिको पार्टस्लगायत तस्करीका सामान ड्राइभर र सहचालकको सहयोगमा ल्याउने गरिएको प्रहरीको दाबी छ । कृष्णनगरबाट भारतको बढनी बजार नजिकबाट ल्याइएको सामान काठमाडौं पुर्याउने गरिएको हो ।कृष्णनगरका सशस्त्र प्रहरीले सूचनाको आधारमा भारतबाट नेपाल ल्याइएको चुरोट लु.२ ख ६५४१ नम्बरको डिलक्स बसको डिक्कीमा फेला पारेको हो। बरामद चुरोटबारे चालक र सहचालकले अनभिज्ञता प्रकट गरेको श्री गढीमाई राष्ट्रिय दैनिकलाई जानकारी प्राप्त भएको छ ।अवैध चुरोट आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको छ ।सशस्त्र प्रहरीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई जानकारी दिएका छन् ।

COMMENTS