Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

सीएफआरडीको सहयोगमा विश्रामपुरको दुई स्कूलमा १६० साईकल वितरण, विद्यार्थीहरु हर्षित"

दिपेन्द्र चौधरी सहनी  बिरगंज ,पर्सा  "सीएफआरडीको सहयोगमा विश्रामपुरको दुई स्कूलमा १६० साईकल वितरण, विद्यार्थीहरु हर्षित" चाइना फाउ...
दिपेन्द्र चौधरी सहनी 
बिरगंज ,पर्सा 
"सीएफआरडीको सहयोगमा विश्रामपुरको दुई स्कूलमा १६० साईकल वितरण, विद्यार्थीहरु हर्षित"


चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट (सीएफआरडी)को सहयोगमा बाराको विश्रामपुर गाउँपालिका वडा नं. ३ र ४ का दुई वटा विद्यालयहरुमा साईकल वितरण गरेको छ ।
अन्तर्राष्ट्रिय साइकल परियोजना अन्तर्गत आईतवार बारा जिल्लाको विश्रामपुर गाउँपालिका वडा नं ३ मुसहर्वा टोल स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्यनरत ८० जना बिद्यार्थी र वडा नं. ४ वलिरामपुर स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्यनरत ८० जना विद्यार्थी गरी १६० जना विद्यार्थीहरुलाई साइकल वितरण गरिएको छ ।
मधेश प्रदेशका ९ वटा सामुदायिक विद्यालयमा १ हजार विद्यार्थीहरुलाई एक÷एक थान साईकल वितरण गर्ने उदेश्य अनुरुप आईतवार १६० जना विद्यार्थीहरुलाई साइकल वितरण गरिएको आयोजकले जनाएको छ ।
सो साइकल वितरण कार्यक्रमले ग्रामीण क्षेत्रका बालबालिकाको शिक्षामा सहज पहुँचका साथै यातायातका चुनौतीहरूलाई सम्बोधन हुने विश्वास व्यक्त गरिएको छ । 
श्री नेरामावि मुसहर्वामा विश्रामपुर–३ का वडाध्यक्ष शिवचन्द्र प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रधानाध्यापक जुगुल किशोर साह, शिक्षक शिक्षिका, विद्यार्थी एवं अभिभावकहरुको सहभागिता रहेको थियो ।
त्यसैगरी नेरामावि बलिरामपुरमा बिद्यालय व्यवस्थान समितिका अध्यक्ष पतिलाल साहको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि वडा नं. ४ का वडाध्यक्ष किसोरी साह, त्यसैगरी पुर्व वडा अध्यक्ष मदन प्रसाद यादव, विशिष्ट अतिथि चाईना फाउन्डेसन फर रुरल डेभलपमेन्टका कबित नेपाल, कृतिसा श्रेष्ठ, पिंकी श्रेष्ठ, बारा जिल्ला निवासी डा. धन्नजय यादव, श्री नेरामावि बलिरामपुरका प्रधानाध्यापक आनन्द कुमार गुप्ता लगायतको उल्लेखनिय सहभागिता रहेको थियो । 
सो कार्यक्रमका प्रमुख अतिथि एवं प्रधानाध्यापकहरुले कार्यक्रमको प्रशंसा गर्दै “यो सहयोगले विद्यार्थीहरूलाई नियमित रूपमा र समयमै कक्षाहरूमा उपस्थित हुन, शैक्षिक कार्यसम्पादन र समग्र सिकाइ नतिजामा सुधार गर्न सहयोग पुग्ने बताएका थिए । 
दुई वटै स्कूलमा आयोजित साईकल वितरण कार्यक्रममा वक्ताहरुले आयोजक संस्थालाई धन्यबाद दिदै आउने दिनहरुमा पनि यो स्कूललाई प्राथमिकतामा राखी स्कूललाई सहयोग गर्न आग्रह समेत गरेका थिए । लामो दुरीबाट अध्ययन गर्न आउने विद्यार्थीहरु लाभान्वित हुने उदेश्यले गरिएको यो कार्यक्रमबाट विद्यार्थीहरु निकै हर्षित देखिएका थिए ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content