रुपेश कुमार साह
फेटा ,बारा ।
"फेटा गाउँपालिकाको १५ अौँ विशेष गाउँसभा सम्पन्न "
बाराको फेटा गाउँपालिकामा १५ अौँ विशेष गाउँ सभा सम्पन्न भएको छ ।फेटा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर सिँहको अध्यक्ष्ातामा सो गाउँसभा सम्पन्न भएको हो ।गाउँसभाको प्रमुख अतिथिमा फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अंसारी रहनु भएको थियो ।विशिष्ट अतिथिमा पालिकाकि उपाध्यक्ष निलम देवी साह रहेकि थिईन।फेटा गाउँपालिकाका वडाध्यक्ष र जनप्रतिनिधिहरुको पनि विशेष उपस्थिति रहेको थियो।फेटा गाउँपालिका द्वारा हुँदै आएका विकास तथा अन्य कामका लागि विशेष गरिएको फेटा गाउँपालिकाले जानकारी दिएका छन् ।फेटा गाउँपालिका अध्यक्ष एवम् प्रमुख अतिथि रुस्तम अंसारीले पालिकामा छुट्टैको विकास निर्माणका लागि गाउँप सभा गरिएको बताउनुभयो।फेटा गाउँपालिकाले सबै वडामा विकास गर्दे अाईरहेको सम्झना गर्दे बाँकी रहेको ठाउँमा गाउँसभाबाट नै केही विकासका काममा थपघट गरिएको पनि वहाँले बताउनुभयो।फेटा गाउँपालिकाले शिक्षा ,स्वास्थ्य तथा विकास निर्माणका अहम् भूमिका खेल्दै अाएको पनि वहाँले बताउनुभयो।फेटा गाउँपालिकामा अहिले विकासको काम अाफु लगायत पाालिका पनि लागेको प्रमुख अतिथि एवम् पालिका अध्यक्ष अंसारीले बताउनुभयो। विकासको काममा सबै सहज होस् भनेर विशेष गाउँसभा गरिएको फेटा गाउँपालिका प्रशासनले श्री गढीमाई राष्ट्रिय दैनिकलाई जानकारी दिएका छन्।कार्यक्रममा सञ्चारकर्मी तथा सरोकारवालाहरुको विशेष उपस्थिति रहेको थियो।
प्रतिक्रिया